दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको छ । वडा दशैंको अवसर पारेर मंगलबार महानवमीका दिन पुष्पवृष्टि गरिएको हो ।
जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित कंकालिनी भगवती मन्दिरमा सेनाद्वारा पुष्पवृष्टि गरिएको छ ।
छिन्नमस्ता भगवती मन्दिरमा बिहान ११ बजे तथा त्यसको १० मिनेट लगत्तै कंकालिनी भगवती मन्दिरमा हेलिकप्टरद्वारा पुष्पवृष्टि कार्यक्रम गरिएको सम्बद्ध मन्दिर समितिले जानकारी दिएको छ ।
पुष्पवृष्टिका लागि आवश्यक फुलको व्यवस्थापन भने पालिकाले नै मिलाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
विगत तीन वर्ष यता दशैंका बेला यी दुबै शक्तिपीठमा पालिकाको पहल र सेनाको सहयोगमा पुष्पवृष्टि कार्यक्रमको आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया