करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
२० पटक हेरिएको
Shares
करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै

सारांश

  •     बि.
  • स.
  • २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक । 

    करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै छ । गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय प्रगति गरेको यस कार्यालयलाई सिरहाको लहान सार्ने योजना बनाउन लागिएको चर्चा यतिबेला जनचासोको बिषय बनेको हो । 
    बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ । 
    करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०÷०८१ करिब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । 
    यस कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यसका लागि करदाताको दायरा थप विस्तार गर्ने, प्रविधिमुखी सेवा प्रवद्र्धन गर्ने र कर छल्ने प्रवृत्तिमाथि निगरानी गर्ने कार्यालयले योजना बनाएको छ ।
    करदातामुखी कार्यक्रम, कर शिक्षा अभियान, कर अनलाइन प्रणालीको विस्तार, सेवाग्राहीलाई सहज सेवा, तस्करी नियन्त्रणका लागि बजार अनुगमन तथा कर छली विरुद्धका निगरानीले राजस्व संकलनमा सकारात्मक परिणाम देखिएको अवस्थामा यस कार्यालयलाई लहान सार्न खोजिएकोप्रति यहाँका व्यापारीहरु आक्रोसित बनेका छन् । 
    “यत्रो संख्यामा करदाता रहेको यस कार्यालयलाई आन्तरिक राजश्व कार्यालयको रुपमा विस्तार गर्नु पर्नेमा उल्टै सार्ने प्रपञ्च हामीलाई स्विकार हुने छैन्,” सप्तरी उद्योग बाणिज्य संघका सदस्य सचिन्द्र दासले भने, “यस्तो कार्यको बिरोधमा सम्पूर्ण व्यापारीहरु एकजुट हुनु आवश्यक छ ।” 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह 
आन्तरिक पर्यटनको बिकास बिना प्रदेशको विकास असम्भव ः कृषि मन्त्री साह 
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
गैसस सप्तरीका अध्यक्षमा दिपक झा सर्वसम्मत चयन
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
सरकारी गेष्ट हाउसबाट भाडाका गाडी लिएर फरार भारतीय हतियारधारी समूहलाई खोज्दै प्रहरी
चार वर्षपछि एउटै मञ्चमा  देखिए नेकपा र राजपाका नेता
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
अध्यादेशविरुद्ध नेकपा एमालेद्वारा बिरोध
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले