दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
हुलाकमार्फत राहदानी बुझिलिने सम्वन्धमा पहिलो पक्ष जिल्ला प्रशासन कार्यालय र दोश्रो पक्ष जिल्ला हुलाक कार्यालय सप्तरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव र जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख पुरुषोतम कुमार साहबीच उक्त समझदारी पत्रकार हस्ताक्षर भएको जनाइएको छ ।
नेपाल सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं. २७ को कार्यान्वयनको सम्बन्धमा मंगलबार राहदानी हुलाकमार्फत सुरक्षित रुपमा सेवाग्राहीसम्म पु¥याउने उद्देश्यले सहमती भई समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीको उद्देश्य राहदानी वितरण प्रक्रियालाई सहज बनाउने, सेवाग्राहीलाई कार्यालयमै उपस्थित नभई राहदानी प्राप्त गर्ने सुविधा प्रदान गर्ने, सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता कायम गर्ने रहेका छन् ।
राहदानीको लागि आवेदन दिएकै समयमा राहदानी बुझिलिने स्थान सम्वन्धी सम्पूर्ण विवरण सेवाग्राहीबाट लिने, तयार भई जिल्लामा प्राप्त राहदानीहरुको अभिलेख व्यवस्थापन गर्ने, सेवाग्राहीले फाराममा उल्लेख गरे अनुसार राहदानी सम्बन्धित स्थानीय तहमा रहेको हुलाक कार्यालयसम्म पठाउने, हुलाक कार्यालयलाई आवश्यक विवरण नाम, ठेगाना, सम्पर्क उपलब्ध गराउने, राहदानी सुरक्षित रुपमा प्याकिङ गरी हस्तान्तरण गर्ने, राहदानी पोर्टल आइसीएमएस प्रणालीमा सुरक्षित गर्ने र सम्बन्धित व्यक्तिले राहदानी बुझे÷नबुझेको एकीन गरी राहदानी विवरण अद्यावधिक गर्ने पहिलो पक्षबाट समझदारी भएको छ ।
यस्तै दोश्रो पक्षबाट प्रथम पक्षबाट राहदानी प्राप्त गरी सुरक्षित रुपमा ढुवानी तथा वितरण गर्ने, सम्बन्धित स्थानमा राहदानी पुगिसकेपछि प्राप्तकर्तालाई सूचित गर्ने, प्राप्तकर्तालाई पहिचान पुष्टि गरी राहदानीवाला सम्बन्धित व्यक्तिलाई नै राहदानी हस्तान्तरण गर्ने, वितरणको अभिलेख राखेर प्रथम पक्षलाई पेश गर्ने, वितरणको समयमा कुनै समस्या भएमा सम्बन्धित निकायलाई जानकारी दिने समझदारी भएको छ ।
यसैगरि हुलाक सेवा वापत लाग्ने शुल्कः वैकल्पिक व्यवस्था नभए सम्म हाललाई लाग्ने हुलाक दस्तुर सेवाग्राहीबाट नियमानुसार असुल गरिने, राहदानी संवेदनशील कागजात भएकोले सुरक्षित रुपमा ब्रान्डल गरिने, सम्झौताको अवधि समझदारी पत्र हस्ताक्षर भएको मितिबाट लागू हुनेछ र आपसी सहमतिमा संशोधन वा समाप्त गर्न सकिनेछ दुबै पक्षबी समझदारी भएको हस्ताक्षरित पत्रमा उल्लेख छ ।
कार्यान्वयनको क्रममा कुनै समस्या उत्पन्न भएमा दुवै पक्षबीच आपसी समझदारीबाट समाधान गरिने समझदारी पत्रमा उल्लेख छ ।
हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
सारांश
- जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव र जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख पुरुषोतम कुमार साहबीच उक्त समझदारी पत्रकार हस्ताक्षर भएको जनाइएको छ ।
- नेपाल सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं.
- २७ को कार्यान्वयनको सम्बन्धमा मंगलबार राहदानी हुलाकमार्फत सुरक्षित रुपमा सेवाग्राहीसम्म पु¥याउने उद्देश्यले सहमती भई समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया