दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
एमालेका नेता एवं पूवमन्त्री जीतेन्द्र नारायण देवले पार्टी परित्याग गरेका छन ।
सोमवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टी परित्यागको घोषणा गरेका हुन ।
पूर्वराष्ट्रियसभा सदस्य समेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र हैकमवादी चलाएको, जनभावनाको कदर नगरेको तथा एकल र मनपरी ढंगले पार्टी चलाएको प्रमुख आरोप लगाएका छन ।
यस्तै देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र तथा बेरोजगारी विरुद्ध भदौ
२३ गते भएको जेनजी आन्दोलन आक्रोसको विष्फोट भएपनि अध्यक्ष ओली सच्चिनुका सट्टा यसलाई “विदेशी षडयन्त्र” भन्ने र पार्टीलाई ब्यक्तीवाद र देवत्वकरण तीर स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी चलाएको उनले राजीनामाको अर्काे कारण देखाएका छन ।
उनले एमाले संघियता विरोधी पार्टी भएको आरोप लगाउदै उक्त पार्टीमा वसेर काम गर्न समस्या परेकाले आजैका मिति देखी पार्टीको सबै पदबाट राजीनामा दिएको उल्लेख गरेका छन ।
राजविराज १६ निवासी उनले आगामी राजनीति यात्राको निर्णय सम्पुर्ण साथी भाई, शुभचिन्तकको सल्लाह सुझाव अनुसार फागुन ७ गते भित्रै लिने जानकारी समेत गराएका छन । हालै सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशनमा उनी इश्वर पोखरेल समुहबाट केन्द्रीय सदस्य पदका उम्मेदवार थिए ।
आफ्ना प्रतिद्वन्दी पोखरेलको समुहमा लागेपछि एमाले अध्यक्ष ओली सित देवको दुरी बढेको थियो ।
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
सारांश
- सोमवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टी परित्यागको घोषणा गरेका हुन ।
- पूर्वराष्ट्रियसभा सदस्य समेत रहेका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र हैकमवादी चलाएको, जनभावनाको कदर नगरेको तथा एकल र मनपरी ढंगले पार्टी चलाएको प्रमुख आरोप लगाएका छन ।
- यस्तै देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र तथा बेरोजगारी विरुद्ध भदौ २३ गते भएको जेनजी आन्दोलन आक्रोसको विष्फोट भएपनि अध्यक्ष ओली सच्चिनुका सट्टा यसलाई “विदेशी षडयन्त्र” भन्ने र पार्टीलाई ब्यक्तीवाद र देवत्वकरण तीर स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी चलाएको उनले राजीनामाको अर्काे कारण देखाएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया