चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान

राजविराज राजविराज
|
शनिबार, पौष १८, २०७७
|
|
१५ पटक हेरिएको
Shares
चट्याङ लागेर मृत्यु भएका चारै जनाका  परिवारजनलाई प्रदेश सरकारको सहयोग, स्वास्थ्य जाँचमा सहयोग पुग्ने उद्देश्यले विद्यालयलाई थर्मलगन प्रदान

सारांश

  •     मन्त्री साहले नकछेदीकी पत्नी बिणा, बेचनकी पत्नी रुबी, केसीलालकी पत्नी शिवकुमारी र ललितादेखीका छोरा बिषणप्रसादलाई सो आर्थिक राहत प्रदान गरे ।
  •       चट्याङ जस्तो प्रकोपमा परेर मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारका तर्फबाट जिविकोपार्जन स्वरुप सानै रकम भएपनि सहयोग गरेको बताए ।
  •     यता मृतकका परिवारजनले प्रदेश सरकारबाट उपलब्ध गराइएको सहयोग रकमबाट आफूहरुको जिवनयापनमा सहज हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

    राजविराज÷चट्याङ लागेर गत असार १५ गते एकै दिन मृत्यु भएका चारै जनाका परिवारजनलाई शनिबार प्रदेश २ सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । 
    प्रदेश २ सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजस्थित आफ्नै सम्पर्क कार्यालयमा एक कार्यक्रमबीच मृतक चारै जनाका परिवारजनलाई राहत स्वरुप एक÷एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।
    चट्याङ लागेर गत असार १५ गते एकै दिन सप्तरीको महदेवा गाउँपालिकाका नकछेदी ठाकुर, बेचन यादव, राजगढ गाउँपालिकाका केसीलाल साह र डाक्नेश्वरी नगरपालिकाकी ललिता देवी यादवको मृत्यु भएको थियो । 
    मन्त्री साहले नकछेदीकी पत्नी बिणा, बेचनकी पत्नी रुबी, केसीलालकी पत्नी शिवकुमारी र ललितादेखीका छोरा बिषणप्रसादलाई सो आर्थिक राहत प्रदान गरे । 
    चट्याङ जस्तो प्रकोपमा परेर मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारका तर्फबाट जिविकोपार्जन स्वरुप सानै रकम भएपनि सहयोग गरेको बताए ।
    यता मृतकका परिवारजनले प्रदेश सरकारबाट उपलब्ध गराइएको सहयोग रकमबाट आफूहरुको जिवनयापनमा सहज हुने भन्दै खुशी व्यक्त गरेका छन् । 
    यस्तै सोही अवसरमा मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै सरकारी विद्यालयलाई एक÷एक थान थर्मलगन समेत उपलब्ध गराएका छन् । 
    कोरोनाको जोखीम कायमै रहेकाले विद्यालयमा आउने बालबालिकालाई स्वास्थ्य जाँचमा सहयोग पुगोस भन्ने सोचका साथ सानो सहयोग स्वरुप एक एक थान थर्मलगन बितरण समेत गरिएको मन्त्री साहले बताए । 
    मृतकका परिवारलाई रकम तथा विद्यालयलाई थर्मलगन बितरणका अवसरमा प्रदेशसभा सदस्यद्वय नेत्रविक्रम साह र विदेश्वर यादव बिक्की समेत उपस्थिति रहेको थियो ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?