दैनिक समाचारदाता
राजविराज, २७ असार ।
कोरोना विरुद्धको खोप लगाएकै दिन मदिरा सेवन गर्दा सप्तरीमा एक व्यक्तिको ज्यान गएको छ ।
जिल्लाको तिलाठी कोर्इंलाडी गाउँपालिका ७ निवासी ६५ वर्षिय बलराम मण्डलको आईतवार विहान ज्यान गएको हो ।
मण्डलले शनिवार गाउँपालिकाको तोपास्थित उपस्वास्थ्य चौकीमा कोरोना विरुद्धको दोश्रो खोप लगाएको तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् ।
खोप लगाएर घर फर्केका उनी सोही दिन साँझ गाउकै एक पंचायतीमा सहभागि भएका थिए । पंचायती सकेपछि मदिरा सेवन गरेर घर पुगेका उनलाई मध्यरातमा असहज महशुस भएपछि तिलाठी कोइलाडी उपस्वास्थ्य चौकीमा उपचारका लागि पुगेको स्वास्थ्य चौकीका इन्र्चाज रामकृष्ण साहले जानकारी दिएका छन् ।
विहान ४ वजे तिर उनको जाचँ गर्दा रक्तचाप अत्याधिक देखिएकाले सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचारका लागि आउँदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुखियालाल यादवले घट्ना खोपको कारण नभई अत्याधिक मदिरा सेवनका कारणले भएको जानकारी दिए ।
यता जिल्लामा कोरोनाको दोश्रो लहरमा अहिले सम्म १ सय १२ जनाले ज्यान गुमाएका छन भने ८५ जना सक्रिय संक्रमित अझै रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
सारांश
- जिल्लाको तिलाठी कोर्इंलाडी गाउँपालिका ७ निवासी ६५ वर्षिय बलराम मण्डलको आईतवार विहान ज्यान गएको हो ।
- मण्डलले शनिवार गाउँपालिकाको तोपास्थित उपस्वास्थ्य चौकीमा कोरोना विरुद्धको दोश्रो खोप लगाएको तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् ।
- खोप लगाएर घर फर्केका उनी सोही दिन साँझ गाउकै एक पंचायतीमा सहभागि भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया