राजविराज/राजबिराज नगर नगरका युवाहरूले नगरको सडक अबस्था, फोहोर ब्यबस्थापन तथा छाडा चौपाया नियन्त्रणका लागि प्रमुख शम्भु प्रसाद यादबलाई ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रवार राजबिराज नगरका युवाहरूले नगरको दुर्वस्थाले नगरको सौन्दर्य नै अपहरणमा परेको जस्तो देखिएकोले चाडौ भन्दा चाडौ यसको नियन्त्रण गर्न ज्ञापन पत्र मार्फत नगर प्रमुखलाई आग्रह गरेका छन् ।
युवाहरूले केही दिनदेखी सामाजिक संजाल र मिडियाहरुमा राजविराज नगरपालिका बारेमा राखिएको समस्या बारेमा मध्यनजर गर्दै उक्त ज्ञापन पत्र बुझाएको जनाएका छन् ।
नगरवासीले देख्ने गरि सम्बधित वडाका प्रतिनिधीसहित प्रभावित क्षेत्रको निरीक्षण गर्न, नालाहरुलाई सफा गराई सडकहरुमा जम्ने बर्षाको पानीको निकाश हुने ब्यवस्था मिलाउनुपर्ने, सडकका खाल्डाहरुलाई हिलो न हुने खालका ब्यबस्थापन गर्नुपर्ने माँग गरेका छन् ।
नीजि शौचालयको मलमुत्र सडकमा फैलिई दुर्गन्धित पर्ने कामलाई रोक्न, दैनिक फोहर उठाउने व्यवस्था चुस्त बनाउन, खानेपानी धाराबाट आउने गरेको फोहर रोक्नुपर्ने, नगर भित्र छाडा गाई, साँढे, सुँगुर नियन्त्रण गर्ने व्यवस्था गर्न माँग गरिएको छ ।
यस सम्बन्धमा नगर प्रमुख यादबले पुसको अन्तिमसम्ममा राजविराज नगरपालिकाले ज्ञापन पत्रमा राखिएका बिषयहरूको सम्बोधन हुने प्रतिबद्धता जनाएका छन् ।
नगरको सडक, फोहर ब्यबस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न ज्ञापन
सारांश
- नगरवासीले देख्ने गरि सम्बधित वडाका प्रतिनिधीसहित प्रभावित क्षेत्रको निरीक्षण गर्न, नालाहरुलाई सफा गराई सडकहरुमा जम्ने बर्षाको पानीको निकाश हुने ब्यवस्था मिलाउनुपर्ने, सडकका खाल्डाहरुलाई हिलो न हुने खालका ब्यबस्थापन गर्नुपर्ने माँग गरेका छन् ।
- नीजि शौचालयको मलमुत्र सडकमा फैलिई दुर्गन्धित पर्ने कामलाई रोक्न, दैनिक फोहर उठाउने व्यवस्था चुस्त बनाउन, खानेपानी धाराबाट आउने गरेको फोहर रोक्नुपर्ने, नगर भित्र छाडा गाई, साँढे, सुँगुर नियन्त्रण गर्ने व्यवस्था गर्न माँग गरिएको छ ।
- यस सम्बन्धमा नगर प्रमुख यादबले पुसको अन्तिमसम्ममा राजविराज नगरपालिकाले ज्ञापन पत्रमा राखिएका बिषयहरूको सम्बोधन हुने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया