दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
सप्तरीको खडक नगरपालिकामा एक वृद्धको रहस्यमय मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ७ स्थित कल्याणपुरमा ८५ वर्षीय असर्फी साहको आईतबार राति रहस्यमय अवस्थामा मृत्यु भएको हो ।
मृतक साह र उहाँकी श्रीमती आईतबार राति ९ बजे कोठामा सुत्न गएपछि उनका छोराले बाबुआमाको कोठामा बाहिरबाट ताल्चा लगाई आफू अर्को कोठामा सुत्न गएका थिए ।
सोमबार बिहान बाबु आमालाई हेर्न जाँदा ढोका नखुलेपछि ढोका फुटाई भित्र प्रवेश गर्दा साह मृत अवस्थामा फेला परेको उनका छोरा जोगेन्द्र साहले बताए ।
घटनाबारे बिहान ७ बजे जानकारी आएपछि घटनास्थल सुरक्षित राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशबाट केनाई डग सहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको उनले बताए ।
वृद्धको रहस्यमय मृत्यु
सारांश
- मृतक साह र उहाँकी श्रीमती आईतबार राति ९ बजे कोठामा सुत्न गएपछि उनका छोराले बाबुआमाको कोठामा बाहिरबाट ताल्चा लगाई आफू अर्को कोठामा सुत्न गएका थिए ।
- सोमबार बिहान बाबु आमालाई हेर्न जाँदा ढोका नखुलेपछि ढोका फुटाई भित्र प्रवेश गर्दा साह मृत अवस्थामा फेला परेको उनका छोरा जोगेन्द्र साहले बताए ।
- घटनाबारे बिहान ७ बजे जानकारी आएपछि घटनास्थल सुरक्षित राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया