सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 

सारांश

  •     उक्त समस्या समधानको माग गर्दै यसअघि दर्जनौं पटक राजविराज नगरपालिका तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरोकारवाला निकाय र प्रधानमन्त्रीसम्म ज्ञापनपत्र पठाई ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएकाले बाध्य भई चरणबद्ध आन्दोलनको घोषणासहित सडक संघर्षमा उत्रेको संघर्ष समितिले जनाएको छ ।
  •       संघर्ष समितिका संयोजक इर्साद अन्सारीले यसलाई निर्णायक आन्दोलनको संज्ञा दिदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएका छन् ।
  • उनले बिचौलिया र भू–माफियाको चलखेलका कारण पनि स्थानीय सरकार र प्रशासनदेखी संघीय सरकारसम्म यस विषयमा उदासिन रहेको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 

    राजविराज नगरपालिकाका बासिन्दाहरु बिटौरी र ब्लक जग्गाको लालपूर्जा तथा विभिन्न सात बुदे माग राख्दै बिहीबारदेखी सडक संघर्षमा उत्रेका छन् । 
    उक्त समस्या समधानको माग गर्दै यसअघि दर्जनौं पटक राजविराज नगरपालिका तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरोकारवाला निकाय र प्रधानमन्त्रीसम्म ज्ञापनपत्र पठाई ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएकाले बाध्य भई चरणबद्ध आन्दोलनको घोषणासहित सडक संघर्षमा उत्रेको संघर्ष समितिले जनाएको छ । 
    संघर्ष समितिका संयोजक इर्साद अन्सारीले यसलाई निर्णायक आन्दोलनको संज्ञा दिदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएका छन् । उनले बिचौलिया र भू–माफियाको चलखेलका कारण पनि स्थानीय सरकार र प्रशासनदेखी संघीय सरकारसम्म यस विषयमा उदासिन रहेको आरोप लगाए । 
    संघर्ष समितिले नगरको करिब ६८ विगहा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार अहिलेसम्म लालपूर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपूर्जा उपलब्ध गराउनु पर्ने प्रमुख माग उठाएका छन् ।  
    यस्तै राजविराज हटियामा निर्माणाधीन व्यवसायीक कम्प्लेक्सको निर्माण कार्य यथास्रिघ सम्पन्न गरी व्यवसायीलाई हस्तान्तरण, नयाँ बसपार्कको अधुरो निर्माण कार्य अविलम्ब पूरा गरि संचालन, राजरंगशालाको स्तरोन्तरी, खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी र राजविराज–कंचनपुर सडक खण्ड निर्माण कार्यमा देखिएको समस्याको समाधान लगायतका मागहरु पनि संघर्ष समितिले अघि सारेका छन् । 
    उक्त मागहरु पुरा गराउन दबाब दिने उद्देश्यले स्थानीय शिव मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा निस्केको जुलुस स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । 
    बिरोधसभामा संघर्ष समितिका संयोजक अन्सारी, पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, उद्योग बाणिज्य संघ सप्तरीका पूर्व अध्यक्ष मनोज मुन्धडा, बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्याल, समाजसेवी सुवि यादव, काँग्रेसका युवा नेता शम्भुलाल देव, बिरेन्द्र साह, प्रभातकुमार ललन, इन्द्रकुमार देव, अनिल देव, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर लगायतले ज्ञापन पत्र बुझाएको लामो समय बितिसक्दा पनि स्थानीय सरकार र प्रशासन समस्या समाधानका लागि गम्भिर नबनेको र भिडन्त तथा रक्तपातको स्थती सृजना गर्न खोजेको आरोप लगाए । 
    पहिलो चरणमा संघर्ष समितिले फागुन १८ गते राजविराज बजार बन्द, फागुन २१ गते नगरका घर तथा पसल पसलमा कालो झण्डा झुण्ड्याउने, फागुन २५ गते राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी, फागुन २८ गते राजविराजस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी तथा चैत ४ देखी गजेन्द्र चौकमा अनिश्चितकालिन रिले अनशन लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ । 
    यसअघि सप्तरीका सम्पूर्ण राजनीतिक दलहरुको तर्फबाट समेत बिटौरी र ब्लक जग्गामा नगर स्थापना कालदेखी नै बसोवास गर्दै आएका नगरवासीलाई अविलम्ब लालपूर्जा प्रदान गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमनत्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?