दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
१९ वर्षदेखी रोकिएको बढुवा प्रकृया शुरु गर्न माँग गर्दै दुई दिनदेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका जिल्ला खेलकुद विकास समिती सप्तरीका प्रशासनिक तथा प्राविधीक कर्मचारीहरुले सोमवार पनि संघर्षका कार्यक्रमलाई जारि राखेका छन् ।
बढुवा प्रकृया यथासिघ्र अगाडी बढाउन राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले यूवा तथा खेलकुद मन्त्रालयलाई पटक÷पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि वेवास्ता गरिएकाले बाध्य भई आन्दोलनमा उत्रनु परेको मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक उमेश गुरुङले बताए ।
उनका अनुसार विगत १९ वर्षदेखि खेलकुदका प्रशासनिक र प्राविधिक कर्मचारीको बढ्वा प्रकृया रोकिएको छ ।
जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष संजय जोशीका अनुसार केन्द्रीयस्तरबाट घोषित आन्दोलन कार्यक्रम अनुसार साउन २८ देखी ३० सम्म कालो पट्टी बाँधेर कार्यालयको काम गर्ने र साउन ३१ गते १ घण्टा पेन डाउन गर्ने कार्यक्रम तय भएको छ । यस्तै साउन ३२ गते देखि कालो पट्टी बाँधेर काम गर्नूका साथै २ घण्टा पेन डाउन गरी विरोध जनाउने संर्घषका कार्यक्रम रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद तथा मातहतका जिल्ला खेलकुद विकास समितीमा कार्यरत रहेका प्रशिक्षक तथा प्राविधीक कर्मचारीहरुको १९ वर्षदेखि बढुवा नभई संस्थागत रुपमा नै ठूलो समस्या सिर्जना भइरहेको र सोही कारणले खेलाडी तथा प्रशिक्षकहरु समेत पलायन भई रहेकाले संघर्षको बाटो रोज्नु परेको खेलकुद कर्मचारी संघ सप्तरीले जनाएको छ ।
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी
सारांश
- बढुवा प्रकृया यथासिघ्र अगाडी बढाउन राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले यूवा तथा खेलकुद मन्त्रालयलाई पटक÷पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि वेवास्ता गरिएकाले बाध्य भई आन्दोलनमा उत्रनु परेको मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक उमेश गुरुङले बताए ।
- उनका अनुसार विगत १९ वर्षदेखि खेलकुदका प्रशासनिक र प्राविधिक कर्मचारीको बढ्वा प्रकृया रोकिएको छ ।
- जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष संजय जोशीका अनुसार केन्द्रीयस्तरबाट घोषित आन्दोलन कार्यक्रम अनुसार साउन २८ देखी ३० सम्म कालो पट्टी बाँधेर कार्यालयको काम गर्ने र साउन ३१ गते १ घण्टा पेन डाउन गर्ने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया