दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 

राजविराज राजविराज
|
शनिबार, माघ २६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 

सारांश

  •     राजविराजबाट विराटनगर तर्फ गई रहेको ना १ ज ६४९६ नम्बरको माइक्रोबस रोकि राखेको ना १ ज ६०७० नम्बरको माइक्रोबसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     दुर्घटनामा राजविराज ५ निवासी ५५ वर्षिय बुदुर झा र उनका ५० वर्षिया पत्नी आशादेवी झा गम्भिर घाइते भएका छन् ।
  • टाउँकोमा गम्भिर चोट लागेका झा दम्पतिलाई प्रारम्भिक उपचारपछि धरान रेफर गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
    सप्तरीको राजविराज–हनुमाननगर सडक अन्तरगत झल्ही खण्डमा शुक्रवार विहान दुई माइक्रो ठोकिएर भएको दुर्घटनामा आधा दर्जन यात्रु घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।
    राजविराजबाट विराटनगर तर्फ गई रहेको ना १ ज ६४९६ नम्बरको माइक्रोबस रोकि राखेको ना १ ज ६०७० नम्बरको माइक्रोबसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    दुर्घटनामा राजविराज ५ निवासी ५५ वर्षिय बुदुर झा र उनका ५० वर्षिया पत्नी आशादेवी झा गम्भिर घाइते भएका छन् । टाउँकोमा गम्भिर चोट लागेका झा दम्पतिलाई प्रारम्भिक उपचारपछि धरान रेफर गरिएको छ ।
    अन्य घाइते रुपनी गाउँपालिका ३ की १५ वर्षिया सरस्वती माझी, १४ वर्षिया लक्ष्मी कुमारी यादव सहित ४ जनाको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको छ । 
    विहान वर्षासँगै लागेको हुस्सुका कारण चालकले रोकि राखेको माइक्रोबस नदेख्दा ठोक्किएर सो दुर्घटना हुन गएको अनुमान गरिएको छ ।
    यता प्रहरीले दुवै गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
ब्यट्रि पडकिएर कारमा आगलागि
ब्यट्रि पडकिएर कारमा आगलागि
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै
ऐतिहासिक भगवती मन्दिर र पोखरीको रुप फेर्दै
९२ सुकुम्बासीलाई निस्सा प्रदान
९२ सुकुम्बासीलाई निस्सा प्रदान