सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 

राजविराज राजविराज
|
शनिबार, मंसिर २१, २०७६
|
|
४७ पटक हेरिएको
Shares
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 

सारांश

  •     सबल नेपालको १४ औं बार्षिक साधारण सभाको अवसरमा शुक्रबार राजविराजमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सबल नेपालले जिल्लाको विभिन्न स्थानहरुमा संचालन गर्दै आइरहेको समुदाय लक्षित कार्यक्रम मार्फत विपन्न वर्गलाई पुगेको योगदान बारे चर्चा समेत गरे ।
  •       सोही कार्यक्रममा गैसस महासंघका केन्द्रीय उपाध्यक्ष ध्रुव कुमार देब गैससलाई सरकारले दुःख दिने काम मात्र गरेको भन्दै गैर नाफामूलक संस्थालाई प्रमाणपत्र दिने अनि लेखापरिक्षण लगायतमा भ्याटमा कडाई गरेकोप्रति गुनासो पोखे ।
  • उनले गैससप्रति त्यस्ता कार्य गर्न सरकारलाई कुनै अधिकार नरहेको समेत बताए ।

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 
    सप्तरीको तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिशकुमार सिंहले सवलले सबै आरोह पारगरी सप्तरीको समृद्वि, बिकासमा पु¥याएको योगदानप्रति प्रशंसा गरेका छन् । 
    सबल नेपालको १४ औं बार्षिक साधारण सभाको अवसरमा शुक्रबार राजविराजमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले सबल नेपालले जिल्लाको विभिन्न स्थानहरुमा संचालन गर्दै आइरहेको समुदाय लक्षित कार्यक्रम मार्फत विपन्न वर्गलाई पुगेको योगदान बारे चर्चा समेत गरे । 
    सोही कार्यक्रममा गैसस महासंघका केन्द्रीय उपाध्यक्ष ध्रुव कुमार देब गैससलाई सरकारले दुःख दिने काम मात्र गरेको भन्दै गैर नाफामूलक संस्थालाई प्रमाणपत्र दिने अनि लेखापरिक्षण लगायतमा भ्याटमा कडाई गरेकोप्रति गुनासो पोखे । उनले गैससप्रति त्यस्ता कार्य गर्न सरकारलाई कुनै अधिकार नरहेको समेत बताए । 
    सेभ द सप्तरीका अध्यक्ष समेत रहेका देवले गैससहरूले समाजिक रूपान्तर, सशक्त रूपमा अगाडी बढाईरहे पनि अधिकांश संस्थाको अबस्थामा दयनिय बन्दै गएको उल्लेख गरे ।
    सो अवसरमा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादबले सबल नेपालले बालवालिकाहरूको शिक्षा, स्वास्थ, सीपमुलक, जनशक्ति उत्पादन गरी जिल्लामा सबल नमुना प्रस्तुत गरेको जिकिर गरे । उनले २०६२ सालमा बालसचेतना समूह मार्फत, सबल नेपाल हुँदै सप्तरीको बिकास समृद्विमा टेवा पु¥याएको भन्दै प्रशंसा गरे । 
    त्यस्तै सुरूङ्गा नगरपालिका उपप्रमुख बिन्दा पासवान सबै क्षेत्रमा जिविकोपार्जन, आयआर्जन लगायत महिला सशकतीकरणको सवालमा हातमा हात मिलाएर सबल अगाडी बढेको प्रति प्रशंसा गरिन् ।
    कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले बार्षिक प्रगति प्रतिवेदन तथा बार्षिक योजना प्रस्तुत गर्दै आ.ब. २०७६÷७७ का लागि १५ करोड ४६ लाख ४७ हजार अनुमानित बजेट पारित गरिएको जानकारी दिएका छन् । जस अन्र्तगत समुन्नती कार्यक्रम अन्र्तगत ७ करोड १५ लाख, खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम अन्र्तगत ४ करोड ३७ लाख, सौर्यउर्जा प्रबर्दन कार्यक्रम अन्र्तगत ३५ लाख १४ हजार, शुद्ध खानेपानी माथी सहज पहुचको लागि ५६ लाख,  दैवि प्रकोप राहत सहयोगको लागि ७५ लाख, पुर्ण सरसफाइ अभियानका लागि, १ करोड १५ लाख ५९ हजार, कृर्षिमा आधारित कार्यक्रमका लागि ६५ लाख ९५ हजार तथा संस्था संचालन तर्फ ४६ ला ७९ हजार खर्च गरिने बताइन् । 
    कार्यक्रम अन्र्तगत १९ बर्ष मुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलिमा पर्न सफल भएको सप्तरीका बिवेक यादवलाई सम्मान गर्नुको साथै सबल नेपालले आफना कर्मचारीद्धय बिरबहादुर यादव र अजय साहलाई समेत सम्मान गरेका थिए । 
    सबल नेपालले आ.ब. २०७५÷७६ मा समुनति कार्यक्रम, पहुँच कार्यक्रम, सौर्य उर्जा प्रवद्र्धन परियोजना, समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली, स्मार्ट विद्यालय परियोजना, सबैको लागि दिगो सरसफाई परियोजना, खानेपानी तथा सरसफाई स्वच्छता परियोजना, स्थानिय तहको बृत्तचित्र निर्माण तथा अन्य सामाजिक लगायतका कार्यहरु गर्दै आइरहेको संस्थाका अध्यक्ष गिरीले जानकारी दिइन् । 
    उनले जिल्लाको सुरुङ्गा नगरपालिकाका १ सय २० जना दलित किशोरीहरुलाई विद्यालय जान सहजताका लागि साइकल बितरण समेत गरेको जानकारी दिइन् । त्यस्तै सप्तरीको खाँडो खोला, सिरहाको गगन तथा महोत्तरीको रातु खोलामा बाढी पूर्व सूचना प्रणाली जडान गरिएकोले त्यस भेगका लाखौं जनतालाई राहत पुगेको उल्लेख गरिन् । 
     सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित साधारण सभामा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, गैसस सप्तरी अध्यक्ष शम्भुनन्द चौधरी, सबल नेपालका निर्देशक दिपक कुमार झा, जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर प्रकाश बस्नेत लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
ऐतिहासिक शम्भुनाथ मेला सुरु
ऐतिहासिक शम्भुनाथ मेला सुरु
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सहिद दिलिप स्मृति प्रतिष्ठानद्वारा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली
सप्तरीमा हाल १३ जना संक्रमित,  सबै होमआइसोलेशनमा, आइसोलेशन केन्द्र खाली

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?