दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
मुलुकमा झण्डै डेढ दशकपछि चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनले अहिले विद्यार्थीहरु निकै उत्साहित भएका छन् । स्ववियुको पछिल्लो निर्वाचन २०६५ सालमा भएको थियो ।
उम्मेदवारी मनोनयनसंगै निर्वाचनको गतिबीधी समेत तिब्र बनेको छ । सबै विद्यार्थी संगठनका उम्मेदवार चुनावी प्रचार तथा विद्यार्थीको घर घरमै पुगेर आ–आफ्नो पक्षमा मत तान्न व्यस्त छन् ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लक्षित गरी नेविसंघ, जनमत विद्यार्थी संघ तथा आम विद्यार्थी मोर्चा एक्लै चुनावी मैदानमा होमिएका छन ।
नेवि संघबाट महेश यादव, जनमत विद्यार्थी संघबाट रामभजन मण्डल तथा आम विद्यार्थी मोर्चाका तर्फबाट डोली कुमारी दास सभापती पदका उम्मेदवार बनेका छन ।
यस्तै समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र लोकतान्त्रिक विद्यार्थी संघ तालमेल गरी प्यानलसहित चुनावी मैदानमा छ । यो गठबन्धनबाट समाजवादी विद्यार्थी युनियनका रंजित यादव सभापतिका उम्मेदवार हुन ।
यसैगरि एमाले निकटका अनेरास्ववियु र एकिकृत समाजवादी निकटका अनेरास्ववियुले पनि गठबन्धन गरी प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । यस गठबन्धनबाट एमाले निकटको अनेरास्ववियुका रंजिव कुमार साह सभापती पदका उम्मेदवार बनेका छन् ।
स्ववियु निर्वाचनका लागी यस क्याम्पसमा कुल १ हजार ९ सय १४ मतदाता रहेको तथा समानुपातिक तर्फ ९ र प्रत्यक्षतर्फका १० गरी कुल १९ पदका लागी निर्वाचन हुन गइरहेको निर्वाचन अधिकृत रामअशिष यादवले बताए ।
अहिले विद्यार्थीको चुनावलाई दलिय प्रतिष्ठाको विषय बनाएका सबै दलका स्थानीय नेता पनि आ–आफ्नो पक्षका विद्यार्थी संगठनका लागी मत माग्न सकृय देखिन्छन । उम्मेदवारी दर्ताका दिन समेत क्याम्पस प्राङ्गणमा उल्लेख्य संख्यामा विभिन्न दलका स्थानीय नेता तथा स्थानीयतहका जनप्रतिनीधीहरुको उपस्थिती थियो ।
स्ववियु निर्वाचन पश्चात् विद्यार्थीहरुको हकहितको संरक्षण, बौद्धिक र चारित्रिक विकासका लागी कार्यक्रम तर्जूमा कार्यान्वयन, पठनपाठनका लागी उपयुक्त वातावरण, अनुशासन कायम, बौद्धिक, रचनात्मक तथा अतिरिक्त क्रियाकलाप लगायतका गतिवीधी उचित ढंगले अघि बढ्ने विद्यार्थीहरुको विश्वास छ ।
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थीहरु उत्साहित
सारांश
- उम्मेदवारी मनोनयनसंगै निर्वाचनको गतिबीधी समेत तिब्र बनेको छ ।
- सबै विद्यार्थी संगठनका उम्मेदवार चुनावी प्रचार तथा विद्यार्थीको घर घरमै पुगेर आ–आफ्नो पक्षमा मत तान्न व्यस्त छन् ।
- राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लक्षित गरी नेविसंघ, जनमत विद्यार्थी संघ तथा आम विद्यार्थी मोर्चा एक्लै चुनावी मैदानमा होमिएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया