दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
राजविराज नगरपालिकाका योजना अधिकृतसहित तीन जनाले गल्ती स्विकारेपछी विगत पाँच दिनदेखी नगरमा थन्किएको फोहर सोमबारदेखी उठाइएको छ ।
नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविनले उनीहरु बिरुद्ध प्रहरीमा दिएको उजुरी फिर्ता तथा धर्नामा वसेका सरसफाईकर्मी समेत आन्दोलनका कार्यक्रम फिर्ता लिएपछी फोहर उठाउन थालिएको हो ।
नगरपालिकाका योजना अधिकृत मनोज यादवसहित आरोपीत तीन जनाले गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गतिविधी नगर्ने प्रहरी समक्ष लिखित र मौखिक प्रतिबद्धता जनाएपछि कार्यवाहक नगरप्रमुख परविनले उजुरी फिर्ता तथा पाँच दिनदेखी लगातार धर्नामा वसेका सरसफाईकर्मीले आन्दोलन पनि रोकेका छन ।
कार्यवाहक मेयर परवीनले पाँच दिन अघि कार्यालयमा उपद्रव मचाएका योजना अधिकृत यादवका साथै राजविराज १३ का गजेन्द्र यादव र राजविराज ९ का सुधिर यादवले अघिल्लो दिन आईतवार साँझ जिल्ला प्रहरी कार्यालयमा उस्थित भई प्रहरीका अधिकारीहरुको समेतको उपस्थितीमा गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गल्ती नगर्ने लिखीत र मौखिक प्रतिबद्धता जनाएपछि उनीहरु विरुद्ध यस अघि जिल्ला प्रहरी कार्यालयमा दिइएको सार्वजनिक भौतिक संरचनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधीक उपद्रव मुद्दा सम्बन्धि उजुरी फिर्ता लिएको जानकारी दिईन ।
योजना अधिकृत यादवले आफुहरुलाई समेत गाली गलौज र अभद्र ब्यवहार गरेको भन्दै सरसफाईकर्मी समेत काम छाडेर नगरपालिकाको प्रवेशद्वार मै कुचो थुपारेर धर्नामा वस्दै आएका थिए । जसकारण फोहर उठन नसकेर नगर दुर्गन्धित बन्दै गएको थियो ।
सोमवार कार्यालय परिसर मै पुगेका योजना अधिकृत यादवले आन्दोलनरत सरसफाईकर्मीहरुसँग समेत गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गल्ती नहुने प्रतिबद्धता जनाएका थिए । त्यसपछी कार्यावाहक नगर प्रमुख परवीनले सरसफाईकर्मीसंग काम फर्कन आग्रह गरेकी थिइन ।
यस अघि सरसफाईकर्मीले कार्यालयमा उपद्रव गर्ने तथा आफुहरुलाई गाली वेइज्जत गर्ने योजना अधिकृत यादवलाई कारवाही र अन्यत्र सरुवा गर्न माग गर्दै नगरपालिकाको मुल गेट मै कुचो राखेर धर्नामा वस्दै आएका थिए । उनीहरुले योजना अधिकृत यादवमाथी कारवाही हुनु पर्ने एक सुत्रिय माग अघि सारेका थिए ।
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
सारांश
- नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविनले उनीहरु बिरुद्ध प्रहरीमा दिएको उजुरी फिर्ता तथा धर्नामा वसेका सरसफाईकर्मी समेत आन्दोलनका कार्यक्रम फिर्ता लिएपछी फोहर उठाउन थालिएको हो ।
- नगरपालिकाका योजना अधिकृत मनोज यादवसहित आरोपीत तीन जनाले गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गतिविधी नगर्ने प्रहरी समक्ष लिखित र मौखिक प्रतिबद्धता जनाएपछि कार्यवाहक नगरप्रमुख परविनले उजुरी फिर्ता तथा पाँच दिनदेखी लगातार धर्नामा वसेका सरसफाईकर्मीले आन्दोलन पनि रोकेका छन ।
- कार्यवाहक मेयर परवीनले पाँच दिन अघि कार्यालयमा उपद्रव मचाएका योजना अधिकृत यादवका साथै राजविराज १३ का गजेन्द्र यादव र राजविराज ९ का सुधिर यादवले अघिल्लो दिन आईतवार साँझ जिल्ला प्रहरी कार्यालयमा उस्थित भई प्रहरीका अधिकारीहरुको समेतको उपस्थितीमा गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गल्ती नगर्ने लिखीत र मौखिक प्रतिबद्धता जनाएपछि उनीहरु विरुद्ध यस अघि जिल्ला प्रहरी कार्यालयमा दिइएको सार्वजनिक भौतिक संरचनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधीक उपद्रव मुद्दा सम्बन्धि उजुरी फिर्ता लिएको जानकारी दिईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया