दैनिक समाचारदाता
राजविराज, १० चैत ।
प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले मंगलबार दिउँसो एक यूवकलाई पक्राउ गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित जिल्लाको कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो ।
भारतीय बजार कुनौलीबाट दिउँसो ३ बजेतिर पैदल आइरहेका सरदारमाथी शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३५/३५ थानको दरले फेनारगन, डाइजेपाम र लिजेसिक लगायतका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल बोर्ड आउटपोष्ट खाँडोका प्रहरी सहायक निरिक्षक रामनारायण महतोको कमान्डमा खटिएको टोलीद्वारा पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजले जनाएको छ ।
भारतीय बजारबाट लागुऔषध बोकेर आउँदै गरेका यूवक पक्राउ
सारांश
- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित जिल्लाको कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो ।
- भारतीय बजार कुनौलीबाट दिउँसो ३ बजेतिर पैदल आइरहेका सरदारमाथी शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३५/३५ थानको दरले फेनारगन, डाइजेपाम र लिजेसिक लगायतका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
- सशस्त्र प्रहरी बल बोर्ड आउटपोष्ट खाँडोका प्रहरी सहायक निरिक्षक रामनारायण महतोको कमान्डमा खटिएको टोलीद्वारा पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया