सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन

सारांश

  •     नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता राजविराजमा भएको भेलाले शिव यादवको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो ।
  •       समितिका सदस्यहरुमा मनोजकुमार शाह, मो.
  • अकबर हुसेन, प्रकाशकुमार शाही, अशोक चौधरी, पारश शाह र आकाश आदर्श सर्वसम्मतले चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ बैशाख । 

    सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको सात सदस्यीय तदर्थ समिति बिहीबार गठन भएको छ । 
    नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता राजविराजमा भएको भेलाले शिव यादवको अध्यक्षतामा तदर्थ समिति गठन भएको हो । 
    समितिका सदस्यहरुमा मनोजकुमार शाह, मो.अकबर हुसेन, प्रकाशकुमार शाही, अशोक चौधरी, पारश शाह र आकाश आदर्श सर्वसम्मतले चयन भएका छन् । त्यस्तै, समितिका सल्लाहकारहरुमा शैलेश चौधरी, अरुणकुमार प्रधान, लालबाबु अग्रवाल र मनोजकुमार मुन्धडा चयन भएका हुन् । 
    उक्त समितिलाई कार्यालय सञ्चालन गर्नका लागि सप्तरी उद्योग वाणिज्य संघले एउटा कोठा र २५ हजार रुपैयाँ र कार्यालय सञ्चालन र दर्ता प्रक्रियाका लागि महासंघका प्रदेश अध्यक्ष गौतमले ११ हजार रुपैयाँ सहयोग गरेका छन् । 
    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य एवम् सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष पूर्व अध्यक्ष अरुणकुमार प्रधान, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवाल, पूर्व अध्यक्ष मनोजकुमार मुन्धडा, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष विष्णु शाह, महासचिव बैकुण्ठ सापकोटा, कोषाध्यक्ष दानबहादुर थापा लगायतकाले समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिएका थिए । 
    उक्त भेलामा सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गानन्द प्रसाद साह, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका सल्लाहकार मोहन शर्मा लामिछाने, सदस्य अन्जु न्यौपाने भूजेल, पदेन सदस्य सिरहाका अध्यक्ष रामकुमार गुप्ता, पदेन सदस्य कोषाध्यक्ष अन्जु न्यौपाने लगायत सप्तरीका होटल व्यवसायीहरुको सहभागीता थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
प्रेस युनियनबाट पत्रकार महासंघमा नवनिर्वाचितलाई काँग्रेसद्वारा सम्मान
प्रेस युनियनबाट पत्रकार महासंघमा नवनिर्वाचितलाई काँग्रेसद्वारा सम्मान
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने
छिन्नमस्ता र रुपनी गाउँपालिकाको टिम फाइनल खेल्ने
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट
राजपा सरकारमा सहभागिता हुने की नहुने ?
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र