दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टि टोलका अग्निपीडित परिवारलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड शाखा कार्यालय राजविराजले राहत बितरण गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ४६ अग्निपीडित परिवारलाई राहत स्वरुप बिभिन्न खाद्यन्न, लत्ताकपडा तथा त्रिपाल आइतबार बितरण गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिएका छन् ।
प्रत्येक परिवारलाई चामल एक बोरा, दाल ३ किलो, टमाटर २ किलो, प्याज २ किलो, खाने तेल १ लिटर, सोयाबिन २ प्याकेट, त्रिपाल एक थान, साडी र गम्छा एक÷एक थान बितरण गरिएको छ । राहत बितरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख नितेश खडगी, क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका शाखा प्रमुख राजकुमार यादब र शाखाका कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
सारांश
- आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ४६ अग्निपीडित परिवारलाई राहत स्वरुप बिभिन्न खाद्यन्न, लत्ताकपडा तथा त्रिपाल आइतबार बितरण गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिएका छन् ।
- प्रत्येक परिवारलाई चामल एक बोरा, दाल ३ किलो, टमाटर २ किलो, प्याज २ किलो, खाने तेल १ लिटर, सोयाबिन २ प्याकेट, त्रिपाल एक थान, साडी र गम्छा एक÷एक थान बितरण गरिएको छ ।
- राहत बितरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख नितेश खडगी, क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका शाखा प्रमुख राजकुमार यादब र शाखाका कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया