करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २०, २०७७
|
|
७९ पटक हेरिएको
Shares
करोडौं रकम लिएर फरार  व्यापारी दाजुभाई बिरुद्ध  प्रहरीमा उजुरी दिनेको ओइरो

सारांश

  •     राजविराजको मुटु मानिने गजेन्द्र चौकमा कपडा पसलसँगै आइएमईसमेत संचालन गरि बसेका संचालक दाजुभाई संजय सिन्धी र सुनिल सिन्धी पसल र अफिस दुबै बन्द गरेर चार दिनदेखी फरार भएपछि प्रहरीमा पीडितहरुद्वारा उजुरी दिनेको आइरो लागेको हो ।
  •       जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहका अनुसार बिहीबारसम्ममा १६ जनाले सिन्धी दाजुभाई बिरुद्ध झण्डै ७६ लाख रुँपैया लिएर भागेको भन्दै ठाडो उजुरी दिएका छन् ।
  •       उक्त उजुरी उपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाईको खोजिकार्य जारि रहेको बताउँदै उनले सबै पीडितको संख्या यकिन गरिसकेपछि अनुसन्धानलाई अझ फराकिलो र तिब्र बनाउँदै लगिने बताए ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
    राजविराजस्थित एक आइएमई संचालक दाजुभाईले विदेशबाट आफन्तले पठाएको रकम झिकेर सम्पर्क बिहीन भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनेहरुको ओइरो लाग्न थालेको छ । 
    राजविराजको मुटु मानिने गजेन्द्र चौकमा कपडा पसलसँगै आइएमईसमेत संचालन गरि बसेका संचालक दाजुभाई संजय सिन्धी र सुनिल सिन्धी पसल र अफिस दुबै बन्द गरेर चार दिनदेखी फरार भएपछि प्रहरीमा पीडितहरुद्वारा उजुरी दिनेको आइरो लागेको हो । 
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहका अनुसार बिहीबारसम्ममा १६ जनाले सिन्धी दाजुभाई बिरुद्ध झण्डै ७६ लाख रुँपैया लिएर भागेको भन्दै ठाडो उजुरी दिएका छन् । 
    उक्त उजुरी उपर छानबिन तथा फरार रहेका सिन्धी दाजुभाईको खोजिकार्य जारि रहेको बताउँदै उनले सबै पीडितको संख्या यकिन गरिसकेपछि अनुसन्धानलाई अझ फराकिलो र तिब्र बनाउँदै लगिने बताए । 
    चार दिनदेखी फरार रहेका सिन्धी दाजुभाई आफ्नो परिवारसहित नाममा रहेको सबै सम्पत्ति समेत गोप्य ढंगले बिक्रि गरि आइएमईबाट विदेशका विभिन्न स्थानबाट पठाइएका रकम पनि हिनामिना गरेर फरार भएको र यसबारे गहिरो अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
    अनुसन्धानको क्रममा विदेशबाट पठाएको रकम आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएको पाइएको छ । 
    भुक्तानी लिन बाँकी रहेकाहरुका साथै सुनचाँदी बन्धकी जग्गा धितो वापतको रकम लगायतका विषयमा समेत धमाधम ठूलो संख्यामा उजुरी आउन थालेकाले ५० करोड भन्दा बढी रकम घोटाला भएको अनुमान गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु