संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
६० पटक हेरिएको
Shares
संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय

सारांश

  •     जिल्ला समन्वय समिती सप्तरीको सभाकक्षमा प्रमुख शिवनारायण साहको अध्यक्षतामा बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।
  •       कार्यक्रम अन्तर्गत असोज २ गते धार्मिक तथा सार्वजनिक महत्वका स्थलहरुमा सरसफाई गर्ने कार्यक्रम हुनेछ ।
  • असोज ३ गते विहान जिल्ला समन्वय समिती प्राङ्गनणबाट प्रभातफेरी, गजेन्द्र चौकमा संविधान दिवस विशेष समारोह तथा शहिद परिवार र घाईतेलाई सम्मान गर्ने तथा साँझ घर घरमा दीप प्रज्वलन कार्यक्रम हुनेछन ।

दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।

    संविधान दिवस मुल समारोह समितीको शुक्रबार बसेको बैठकले संविधान दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ । 
    जिल्ला समन्वय समिती सप्तरीको सभाकक्षमा प्रमुख शिवनारायण साहको अध्यक्षतामा बसेको बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । 
    कार्यक्रम अन्तर्गत असोज २ गते धार्मिक तथा सार्वजनिक महत्वका स्थलहरुमा सरसफाई गर्ने कार्यक्रम हुनेछ । असोज ३ गते विहान जिल्ला समन्वय समिती प्राङ्गनणबाट प्रभातफेरी, गजेन्द्र चौकमा संविधान दिवस विशेष समारोह तथा शहिद परिवार र घाईतेलाई सम्मान गर्ने तथा साँझ घर घरमा दीप प्रज्वलन कार्यक्रम हुनेछन । 
    असोज ४ गते बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण, बहिरा बालक स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा अदालत रोड र राजदेवी रोड सडक किनारामा बृक्षारोपण कार्यक्रमको आयोजना गरिनेछ । 
    बैठकमा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणी पौडेल, राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीन, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेन्द्र कोइराला, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपाउने, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख विजय मण्डल, जनमत पार्टीका रामगमन साह, एमालेका चितरन्जन यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका अरुण देव, डिभिजन वन कार्यालयका शुभाष चन्द्र दास, जलश्रोत तथा सिचाई कार्यालयका मनोज साह, सामुदायीक सेवा केन्द्रका धीरेन्द्र दासका साथै विभिन्न पालिका र संघ संस्थाका प्रतिनीधी सहभागी थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक हड्तालले पठन पाठन ठप्प, एक लाख २५ हजार बढी विद्यार्थी प्रभावित  
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
महिला संघ क्षेत्र नं २ को  क्षेत्रीय अध्यक्षमा पुनः लिला
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक
अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दिप प्रज्वलन
अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दिप प्रज्वलन
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न 
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण