दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
राजविराजस्थित प.बि.मा.बि. मा बिहीबार बाल विवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल बिबाहका घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल बिबाह न्यूनिकरण सम्बन्धी १६ दिने अभियान मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र बिद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
सहायक प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षता एवम मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका उपाध्यक्ष मीना साह, पत्रकार पिन्टुकुमार यादवले बाल विवाह न्यूनीकरणका लागि विद्यालयले समेत जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र पाठ्य सामाग्रीमा समावेश गर्नुपर्ने बताए ।
नेपाल सरकारले सन् २०१५ मा वेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र बाल विवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० सम्ममा नेपाललाई बाल विवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न
सारांश
- बालबालिका र किशोरकिशोरीको चेतना अभिबृद्धि गरी सशक्तिकरण ल्याउन र बाल बिबाहका घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल बिबाह न्यूनिकरण सम्बन्धी १६ दिने अभियान मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा अधिकारकर्मी, सामाजिक कार्यकर्ता, प्रहरी, शिक्षक र बिद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
- सहायक प्रधानाध्यापक मोहन मिश्रको अध्यक्षता एवम मूल समारोह समितिका संयोजक मनोहर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले बाल विवाह अन्त्यका लागि प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया