दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीका पत्रकारहरुमाथी राजगढ गाउँपालिकामा भएको दुव्र्यवहार घटनाप्रति जिल्लाका चार पत्रकार संघ संगठनहरुले वार्ता र सम्वादको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेको छ ।
नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल र प्रेस सेन्टर सप्तरीका उपाध्यक्ष बिन्दु यादवद्वारा मंगलबार जारि संयुक्त विज्ञप्ति मार्फत सो आग्रह गरिएको हो ।
जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघको नेतृत्वमा दुवै पक्षलाई वार्तामा बस्न र हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती हुने गरी समस्याको समाधान खोज्न आग्रह गर्दछौं ।”
विज्ञप्तिमा “कानूनले पनि सामाजिक न्यायलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको हाम्रो देश र समाजको परिवेशमा सामाजिक न्याय मै जानु उत्तम रहने भएको महसुश गरी वार्ता र सम्वादको माध्यमले हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती गराउन सरोकारवाला सबै पक्षमा यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौं ।” उल्लेख छ ।
गत साउन २२ गते राजगढ गाउँपालिका सप्तरीमा समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन कुमार गुप्ता र सदस्य विद्यानन्द राम संग त्यस गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मंडल सहित ६ जनाले गरेको दुव्र्यहारप्रति विज्ञप्तिमार्फत पुनः खेद व्यक्त समेत गरिएको छ ।
यसअघि गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकार साथीहरुसंग अप्रत्यासित रुपमा भएको घट्नाप्रति दुःख व्यक्त गर्दै वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह सहितको प्रेस विज्ञप्ति जारी गरेको साथै जिल्ला समन्वय समिति सप्तरीले पनि राजगढ गाउँपालिकामा पत्रकारहरुसंग भएको दुःखद घट्ना प्रति दुःख व्यक्त गर्दै वार्ता र सम्वादको माध्यमबाट निकास खोज्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको थियो ।
पत्रकारमाथी भएको दुव्र्यवहारप्रति चार पत्रकार संगठनद्वारा वार्ता र सम्वादको माध्यमबाट समस्या समाधानका लागि आग्रह
सारांश
- नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल र प्रेस सेन्टर सप्तरीका उपाध्यक्ष बिन्दु यादवद्वारा मंगलबार जारि संयुक्त विज्ञप्ति मार्फत सो आग्रह गरिएको हो ।
- जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघको नेतृत्वमा दुवै पक्षलाई वार्तामा बस्न र हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती हुने गरी समस्याको समाधान खोज्न आग्रह गर्दछौं ।
- ” विज्ञप्तिमा “कानूनले पनि सामाजिक न्यायलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको हाम्रो देश र समाजको परिवेशमा सामाजिक न्याय मै जानु उत्तम रहने भएको महसुश गरी वार्ता र सम्वादको माध्यमले हाम्रा पीडित पत्रकार साथीहरुलाई न्यायको अनुभूती गराउन सरोकारवाला सबै पक्षमा यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौं ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया