पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने

राजविराज राजविराज
|
सोमबार, चैत्र २३, २०८२
|
|
२४७ पटक हेरिएको
Shares
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने

सारांश

  •     सोमबार नेपाल पत्रकार महासङ्घको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट गरि उक्त ज्ञापनपत्र बुझाएको हो ।
  •       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको यही चैत १८ गते जारी गरिएको सचिव स्तरीय निर्णय र त्यसपछि कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई जारी गरिएको परिपत्रले निजी सञ्चारमाध्यमलाई आर्थिक रुपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामा अप्रत्यक्ष दबाब सिर्जना हुने भएपछि महासंघको प्रतिनिधमण्डलले ज्ञापनपत्र बुझाएको हो ।
  •     महासङ्घ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले सरकारको पछिल्लो विज्ञापन नीतिले समग्र सञ्चार क्षेत्र प्रभावित हुन सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 

    नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई भेटेर सरकारले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय र नेपाली सञ्चारमाध्यमको समस्याका बारेमा सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
    सोमबार नेपाल पत्रकार महासङ्घको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट गरि उक्त ज्ञापनपत्र बुझाएको हो । 
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको यही चैत १८ गते जारी गरिएको सचिव स्तरीय निर्णय र त्यसपछि कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई जारी गरिएको परिपत्रले निजी सञ्चारमाध्यमलाई आर्थिक रुपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामा अप्रत्यक्ष दबाब सिर्जना हुने भएपछि महासंघको प्रतिनिधमण्डलले ज्ञापनपत्र बुझाएको हो ।
    महासङ्घ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले सरकारको पछिल्लो विज्ञापन नीतिले समग्र सञ्चार क्षेत्र प्रभावित हुन सक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरे । 
    प्रतिनिधमण्डलले उक्त परिपत्रमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सो निर्णय तत्काल खारेज गर्न माग गरेको छ । निर्णय पुनर्विचार गरी तत्काल नसच्याइए महासंघ संघर्षमा उत्रिन बाध्य हुने जानकारी गराइएको थियो ।
    महासंघका महासचिव रामप्रसाद दाहाल हस्ताक्षरित ज्ञापनमा सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा सीमित गर्नुले निजी तथा सामुदायिक मिडियाको अस्तित्वमाथि प्रश्न खडा गरेको तथा देशभर सञ्चालनमा रहेका ४ सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाहरूको आर्थिक आधार कमजोर बनाउँदै उक्त निर्णयले ती संस्थाहरूलाई बन्द हुने अवस्थामा धकेल्ने जोखिम स्पष्ट रहेको उल्लेख छ । 
    त्यस्तै श्रमजीवी पत्रकारको रोजगारी संकटमा परेको, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएका कर्मचारी–मजदुर प्रत्यक्ष रूपमा प्रभावित तथा जनमतबाट स्थापित सरकारले जनताको रोजगारी खोसिने अवस्थालाई प्रोत्साहन गर्ने निर्णय गर्नु उपयुक्त नठहर्ने उल्लेख छ ।
    सो ज्ञापनमा सरकारी सञ्चारमाध्यममा मात्र सूचना सीमित हुँदा स्थानीय तहसम्म सूचना प्रवाह कमजोर भई नागरिकको सूचनामा पहुँचमा असमानता बढ्ने र सरकारको नीति खुला बजार अर्थतन्त्रको मर्मविपरीत हुनुका साथै निजी क्षेत्रलाई निरुत्साहित गर्ने र राज्य नियन्त्रित सूचना प्रणालीलाई प्राथमिकता दिने खालको रहेको जनाइएको छ । 
    उक्त परिपत्र तत्काल खारेज, सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउँदै निजी, सामुदायिक तथा सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गरियोस, संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रवद्र्धन गर्ने दीर्घकालीन नीतिगत व्यवस्था तत्काल अघि बढाईयोस । समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गरियोस्, सञ्चारसम्बन्धी कुनै पनि नीतिगत निर्णय गर्दा सरोकारवाला संस्थासँग अनिवार्य परामर्श गर्ने प्रणाली विकास गर्न माग गरिएको छ । 
    भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय गर्नुपरेको बताए । उनले आफू सधैँ श्रमजीवी पत्रकारको पक्षमा रहेको र जायज माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले भने सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन–प्रसारणमा पारदर्शिता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवद्र्धन गर्न यस्तो व्यवस्था गरिएको जनाए ।
    महासंघको प्रतिनिधिमण्डलमा उपाध्यक्ष दीपक आचार्य, नितु पण्डित र उमिदप्रसाद बागचन्द महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा र सोनी शर्मा, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायत पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको सहभागिता थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
राजपा र समाजवादीबीच वार्ता प्रक्रिया कीन ढिलाई ?
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
बरही पुर्ण सरसफाई बस्ती घोषणा 
बरही पुर्ण सरसफाई बस्ती घोषणा 
कक्षा ९ देखी १२ सम्म सहकारी शिक्षा पढाउने तयारी 
कक्षा ९ देखी १२ सम्म सहकारी शिक्षा पढाउने तयारी 
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
कमिशन लिई योजनाहरु बिक्रि गरेको भन्दै सामाजिक विकास इकाई कार्यालय तालाबन्दी 
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप

छुटाउनुभयो कि ?