दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
नेत्र विक्रम चन्द (विप्लव) समूहका सप्तरीका तीन जना नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेज नारायण यादव रहेका छन् ।
पक्राउ पर्ने तीनै जना विप्लव समूहका जिल्ला कमिटीका सदस्य हुन् । उनीहरुलाई जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको डिएसपी भावेश रिमालले बताए ।
पक्राउ परेकाहरुलाई मंगलबारै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई आवश्यक अनुसन्धान थालिएको डिएसपी रिमालले जानकारी दिएका छन् ।
सरकारले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई प्रतिबन्ध लगाएर नियन्त्रणमा लिने रणनीति अनुसार जिल्ला जिल्लामा निर्देशन जारि गरेपछि धमाधम सो पार्टीका नेता कार्यक्र्ता पक्राउ पर्न थालेका हुन् ।
विप्लवका तीन जिल्ला सदस्य पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेज नारायण यादव रहेका छन् ।
- पक्राउ पर्ने तीनै जना विप्लव समूहका जिल्ला कमिटीका सदस्य हुन् ।
- उनीहरुलाई जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको डिएसपी भावेश रिमालले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया