दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
बि.स. २०५७ सालमा राजविराजमा रहेको यातायात कार्यालयललाई सिरहाको लहानमा सारिएपछि सप्तरीवासीलाई २२ वर्षदेखी सिरहाको लहान धाउनु पर्ने बाध्यताको अन्त भएको छ ।
सिरहाको लहानबाट यथावत रुपमा सेवा प्रवाह हुँदै रहने र नयाँ शाखाको रुपमा राजविराजमा समेत कार्यालयको मंगलबार उद्घाटन भएको छ ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्र साहले एक कार्यक्रमबीच यस कार्यालयको उद्घाटन गरेका हुन् ।
राजविराज ९ मा भाडाको घरमा कार्यालय संचालनमा आएपनि आवश्यक जग्गाको व्यवस्था हुनासाथ आफ्नै भवनमा कार्यालय संचालन तथा ट्रायल र लाइसेन्सको सेवा समेत यहीबाट उपलब्ध हुने कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री यादवले बताए ।
उद्घाटन समारोहमा मधेश प्रदेशका अर्थमन्त्री साहले प्रदेश सरकारलाई सबै भन्दा बढी राजश्व दिने कार्यालय नै यातायात व्यवस्था सेवा कार्यालय रहेकोले यसलाई व्यवस्थित र यसको सेवा बिस्तार गर्न प्रदेश सरकार लागिपरेको बताए ।
नयाँ शाखाको रुपमा कार्यालय स्थापना भएपछि अब सवारीसाधनको लाइसेन्स र ट्राइल बाहेकका सबै सेवा यहीबाट उपलब्ध हुने यातायात व्यवस्था सेवा कार्यालय राजविराजका निमित्त कार्यालय प्रमुख शशीप्रसाद यादवले जानकारी दिएका छन् ।
मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दिपककुमार दासको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समनवय समितिका उपप्रमुख शम्भुप्रसाद यादव, राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव (हाल निलम्बित अवस्थामा रहेका), उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवाल, आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, माउन्ट सगरमाथा यातायात संघका संचालक सदस्य दिनेश गुप्ता, सगरमाथा ट्रक एशोसिएशनका अध्यक्ष जगदीश अर्याल लगायतले कार्यालय पुनस्थापना भएकोमा खुशी व्यक्त गर्दै कार्यालयबाट सरल र सहज ढंगबाट सेवा प्रदान हुनुपर्नेमा जोड दिएका थिए ।
२२ वर्षपछि राजविराजमा यातायात व्यवस्था कार्यालयको पुनःस्थापना
सारांश
- सिरहाको लहानबाट यथावत रुपमा सेवा प्रवाह हुँदै रहने र नयाँ शाखाको रुपमा राजविराजमा समेत कार्यालयको मंगलबार उद्घाटन भएको छ ।
- मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्र साहले एक कार्यक्रमबीच यस कार्यालयको उद्घाटन गरेका हुन् ।
- राजविराज ९ मा भाडाको घरमा कार्यालय संचालनमा आएपनि आवश्यक जग्गाको व्यवस्था हुनासाथ आफ्नै भवनमा कार्यालय संचालन तथा ट्रायल र लाइसेन्सको सेवा समेत यहीबाट उपलब्ध हुने कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया