सप्तरीमा एक साताका लागि निषेधाज्ञा 

राजविराज राजविराज
|
मंगलबार, श्रावण २०, २०७७
|
|
१११ पटक हेरिएको
Shares
सप्तरीमा एक साताका लागि निषेधाज्ञा 

सारांश

  •     जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकबाट सो निर्णय गर्दै मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारि सूचनामा उल्लेख छ ।
  •       प्रजिअ आचार्यद्वारा जारि सूचना मार्फत सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिइएको छ ।
  • निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
    सप्तरीमा दिनानुदिन कोरोना संक्रमण बढ्न थालेपछि स्थानिय प्रशासनले मंगलबार बिहानदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
    जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकबाट सो निर्णय गर्दै मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारि सूचनामा उल्लेख छ । 
    प्रजिअ आचार्यद्वारा जारि सूचना मार्फत सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिइएको छ । निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने जनाइएको छ । 
    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जनाइएको छ । 
    औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या
बैदेशिक रोजगारीमा मलेशिया गएका सप्तरीका इन्दलले गरे आत्महत्या
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
एमाले ग¥यो खबरदारी सभा 
एमाले ग¥यो खबरदारी सभा 
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु