दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
सेभ द सप्तरीद्वारा आयोजित तथा सेभ द चिल्ड्रेनको सहयोगमा पालिकाहरूको जननिर्वाचित प्रतिनिधिहरूसँग स्वागत कार्यक्रम तथा परिचयात्मक बैठक आइतबार सम्पन्न भएको छ ।
आयोजित बैठकमा समुन्नती कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिका १, ५, १४, १५ र १६ मा बालवालिकाहरूको स्वास्थ, शिक्षा तथा जीवन उपयोगी सम्बन्धी कार्यक्रम प्रभाकारी बन्दै गएको दाबी गरिएको छ ।
संस्थाले राजबिराज १४ स्थित राप्राबि प्रसाहीको बालविकास निर्माण गर्न २० लाखको सहयोग गरेपछि बालवालिकाहरूलाई पठनपाठन गर्न सहयोग मिलेको तथा राजबिराज १६ स्थित बर्थिङ सेन्टर निर्माण गर्न २४ लाख ८३ हजार ७ सय ५२ रूपैया र राजबिराज नगरपालिका वडा १६ ले १५ लाख सहयोग गरेपछि त्यस क्षेत्रका नागरिकहरू लाभान्बित भएको बताइएको छ ।
बिपन्न समुदायलाई लघुउधम बिकास ब्यवसाय सुरूवात र सुधार तालिम तथा ब्यवसायी संचालन सामग्री सहयोगका लागि ४० हजार साथै ६ जना बेरोजगार युवाहरूलाई अल्मुनियम सम्बन्धी तालिमका लागि १ लाख ८५ हजार बराबरको सहयोग गरेको सेभ द सप्तरीका कार्यक्रम अधिकृत राजिव चौधरीले जानकारी दिए ।
यस्तै मुख्य क्रियाकलाप अनुसार बाल क्लवका बालवालिकाहरूको लागि जीवन उपयोगी सीप तथा बितिय शिक्षा सम्बन्धी सत्र संचालन, बाल अधिकार समिति पुर्न गठन, नवजात शिशु स्याहार कुनाको लागि आबश्यक उपकरण सहयोग जस्ता कार्यक्रम गर्दै आएको स्पोनसरसिप कार्यक्रम अधिकृत फरजना खातुनले बताईन ।
उक्त अवसरमा राजबिराज नगरपालिका उपप्रमुख ईसरत परविनले गर्भदेखि नै बालवालिकाहरूको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । जन्मदेखि नै बालवालिकाहरूको परिवारिक संरक्षण गरी राम्रो वातावरणमा उनीहरूको बिकास गर्नुपर्नेमा उनले बताइन् ।
उक्त अवसरमा प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादब, राजबिराज ५ का अध्यक्ष बन्धु लाल दास, वडा १४ का जगदिश मण्डल, वडा १५ का ओमनारायण साह, वडा १६ का एकवाल यादब, कार्यकालिका सदस्य सोनी रजक, सेभ द सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, कार्यक्रम सुपरभाईजर भुपेन्द्र सदा, समुदायिक परिचालक रामु यादबलगायतको सहभागिता रहेको थियो ।
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न
सारांश
- आयोजित बैठकमा समुन्नती कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिका १, ५, १४, १५ र १६ मा बालवालिकाहरूको स्वास्थ, शिक्षा तथा जीवन उपयोगी सम्बन्धी कार्यक्रम प्रभाकारी बन्दै गएको दाबी गरिएको छ ।
- संस्थाले राजबिराज १४ स्थित राप्राबि प्रसाहीको बालविकास निर्माण गर्न २० लाखको सहयोग गरेपछि बालवालिकाहरूलाई पठनपाठन गर्न सहयोग मिलेको तथा राजबिराज १६ स्थित बर्थिङ सेन्टर निर्माण गर्न २४ लाख ८३ हजार ७ सय ५२ रूपैया र राजबिराज नगरपालिका वडा १६ ले १५ लाख सहयोग गरेपछि त्यस क्षेत्रका नागरिकहरू लाभान्बित भएको बताइएको छ ।
- बिपन्न समुदायलाई लघुउधम बिकास ब्यवसाय सुरूवात र सुधार तालिम तथा ब्यवसायी संचालन सामग्री सहयोगका लागि ४० हजार साथै ६ जना बेरोजगार युवाहरूलाई अल्मुनियम सम्बन्धी तालिमका लागि १ लाख ८५ हजार बराबरको सहयोग गरेको सेभ द सप्तरीका कार्यक्रम अधिकृत राजिव चौधरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया