चन्दन कुमार यादव
राजविराज, १८ कात्तिक ।
राजबिराजमा केही बर्षदेखि बालवालिकाहरूको क्रिकेट प्रतिको मोह बढ््दै गएको छ ।
एक समय सप्तरीको भूमिलाई क्रिकेटको उर्वराको रूपमा मानिने यस भुमीमा पुनः क्रिकेटको मोह बढेको छ ।
अहिले पबिमाबि र राजरंगशालाको खेलमैदानमा बनाईएको कंक्रिट पिचमा स्कुले बालवालिकाहरू क्रिकेट खेल्दै उत्साहित बनेका छन्् । विभिन्न बिद्यालयमा अध्ययनरत उनीहरू नियमित क्रिकेट अभ्यास गर्दैछन्् ।
उनीहरूलाई पूर्व अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चौधरी, राष्ट्रिय खेलाडी धर्मेन्द्र चौधरी, पवन दास, गजेन्द्र माझीले सहजीकरण गरिरहेका छन । प्रत्येक दिन क्रिकेट सिक्ने १० बर्ष देखि १६ बर्ष उमेर समुहका ४० जना सम्म सहभागी हुन्छन ।
उनीहरू बिहान ६ बजे देखि ८ बजे सम्म र दिउसो साढे ३ बजे देखि ६ बजे सम्म सिकाउने गरेको प्रशिक्षक धर्मेन्द्र चौधरीले बताए ।
यता प्रशिक्षक चौधरीसँग ३ बर्ष देखी अभ्यास गर्दै आएको रोहन बिकले सन २०१९ मा यु १६ अन्तराष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा छनोट भई खेलिसकेका छन ।
यसैगरी अर्का यु १६ राष्ट्रिय टोलीमा पर्न सफल खेलाडी प्रशान्त केसी पनि यसै मैदानमा बिगत ४ बर्ष देखि अभ्यास गर्दै टोलीमा पर्न सफल भएका छन ।
त्यस्तै ५ बर्ष देखि कलिलै उमेरमा नियमित अभ्यासमा रहेको सप्तरीका उदयमान खेलाडी बिवेक यादब अन्डर १९ राष्ट्रिय टिममा पर्न सफल भएका छन ।
अर्काे महिना भारतको हैदरावादमा हुने प्रतियोगितामा उनी टिममा पर्न सफल भएका छन । उनको लगन र कडा मेहिनेत, नियमित अभ्यासले राष्ट्रिय टोलीमा छनोट भएको क्रिकेट संघका अध्यक्ष आयुष बताछन ।
दुई बर्षदेखिको उमेरमा नियमित अभ्यासमा रहेका, आशिष झा, विशाल यादब, अजय यादब सप्तरीका उदयमान खेलाडीको रूपमा लिएको बताउदै प्रशिक्षक चौधरीले भने, “उनीहरू चाडै जिल्लास्तरिय टिममा आउन सक्ने खेलाडीको रूपमा हेरिएको छ ।”
वालवालिकालाई उनीहरूको स्तरअनुसारको खेल सिकाईन्छ, कोण राख्न, डिफेन्स गर्न, ब्याटिंग, बलिंग गर्न, फिल्डिंग, बललाई एक्सन मिलाउन, नेटमा हान्न, ड्रिल गर्न, मात्र नभई उनीहरूको फिजिकल फिटनेस अनुसार ब्याम समेत गराउने गरेको प्रशिक्षक चौधरी बताछन ।
खेलाडीहरूले खुल्ला अनि, नेटमा अभ्यास गर्दा उनीहरूको निखारमा परिवर्तन सँगै राम्रो खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बिश्वास लिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ बताउछन ।
यसरी अभ्यास गर्दै जादाँ राम्रो खेलाडीलाई सेलेक्सन गरेर जिल्ला स्तरिय, अन्डर १६, १९ तथा प्रदेश स्तरिय प्रतियोगिताहरूको लागि क्याम्पमा राखेर प्रतियोगिताहरूमा सहभागिता गराउदै आएको सप्तरी क्रिकेट सँघका उपाध्यक्ष समेत रहेका धर्मेन्द्र चौधरीको कथन छ ।
बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै
सारांश
- एक समय सप्तरीको भूमिलाई क्रिकेटको उर्वराको रूपमा मानिने यस भुमीमा पुनः क्रिकेटको मोह बढेको छ ।
- अहिले पबिमाबि र राजरंगशालाको खेलमैदानमा बनाईएको कंक्रिट पिचमा स्कुले बालवालिकाहरू क्रिकेट खेल्दै उत्साहित बनेका छन्् ।
- विभिन्न बिद्यालयमा अध्ययनरत उनीहरू नियमित क्रिकेट अभ्यास गर्दैछन्् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया