प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते

राजविराज राजविराज
|
मंगलबार, भाद्र ७, २०७९
|
|
२० पटक हेरिएको
Shares
प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते

सारांश

  •     तस्करी गरि ल्याएको सामान लुकाइराखेको घरमा खानतलासी गर्न पुगेको प्रहरीलाई स्थानियहरुले अवरोध गर्दा झडपको स्थिति सृजना भएको हो ।
  •       गाउँलेहरुले खानतलासीमा पुगेका प्रहरी टोलीमाथी ढुंगामुढा गर्नथालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीद्वारा तीन राउण्ड हवाई फायर समेत गरेको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सीमावर्ती भारतीय बजारबाट भन्सार छलेर अवैध रुपमा चोर बाटो हुँदै ल्याइएका लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान तस्करले बलान बिहुल गाउँपालिका ४ बेल्हीस्थित घुरन साहको घरमा लुकाइराखेको सूचना प्राप्त भएपछि सो गाउँपालिकास्थित प्रहरी चौकीबाट खानतलासीका लागि प्रहरी खटिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ७ भदौ ।

    सप्तरीको बलान विहुल गाउँपालिकामा मंगलबार दिउँसो प्रहरी टोलीलाई गाउँलेहरुले अवरोध गर्दा झडप भएको छ । 
    तस्करी गरि ल्याएको सामान लुकाइराखेको घरमा खानतलासी गर्न पुगेको प्रहरीलाई स्थानियहरुले अवरोध गर्दा झडपको स्थिति सृजना भएको हो । 
    गाउँलेहरुले खानतलासीमा पुगेका प्रहरी टोलीमाथी ढुंगामुढा गर्नथालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीद्वारा तीन राउण्ड हवाई फायर समेत गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सीमावर्ती भारतीय बजारबाट भन्सार छलेर अवैध रुपमा चोर बाटो हुँदै ल्याइएका लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान तस्करले बलान बिहुल गाउँपालिका ४ बेल्हीस्थित घुरन साहको घरमा लुकाइराखेको सूचना प्राप्त भएपछि सो गाउँपालिकास्थित प्रहरी चौकीबाट खानतलासीका लागि प्रहरी खटिएको थियो । 
    गाउँलेहरुले प्रहरीलाई अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरिक्षकको नेतृत्वमा थप प्रहरी पुगेर खानतलासी गर्न खोज्दा प्रहरीमाथी घरको छतमा बसेर समेत गाउँलेहरुले ढुंगा प्रहार गर्दा स्थिति झन तनावग्रस्त बनेको थियो । 
    ढुंगामुढाबाट प्रहरी सहायक हवल्दार शिवशंकर साह तथा प्रहरी जवान अनिलकुमार बस्नेत र बिशाल कुमार मिश्रा घाइते भएको डिएसपी काफ्लेले बताएका छन् । 
    भिडलाई तितरबितर गरेर साहको घरमा खान तलासी गर्दा भन्सार छलेर ल्याइएको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामान बरामद गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजविराज भन्सार कार्यालयका कर्मचारी समेतको रोहबरमा उक्त सामान भन्सार कार्यालय पठाइएको डिएसपी काफ्लेले जानकारी दिएका छन् । 
    सामान बरामद भएपनि घरधनी साह र तस्करीमा संलग्न रहेकाहरु फरार भएको र उनीहरुको खोजिकार्य भइरहेको डिएसपी काफ्लेले बताए । अहिले त्यसक्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको र स्थिति पूर्ण नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
अपहरण तथा जबरजस्तीकरणीका  फरार अभियुक्त पक्राउ
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
राजरंगशालाको रुप फेर्ने तयारी
राजरंगशालाको रुप फेर्ने तयारी
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने