छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 

राजविराज राजविराज
|
शुक्रबार, माघ १७, २०७६
|
|
४४ पटक हेरिएको
Shares
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 

सारांश

  •     प्रदेश सरकारले २०७५ माघ १ देखी जन्मेकी छोरीहरुको १ लाखको शिक्षा विमालाई निरन्तरता दिँदै शुक्रबार सो रकमलाई तीन लाख पु¥याएको जानकारी दिएको छ ।
  • हाल छोरीहरुको शिक्षा बिमा प्रदेश २ को आठै जिल्लाका विभिन्न स्थानिय तहमार्फत भइरहेको छ ।
  •     छोरी शिक्षा विमा अन्तर्गत हालसम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरिसकेको छ र विमा गराइसकेका छोरीहरुले समेत थपिएको सुविधा पाउने भएका छन् ।

दैनिक समाचारदाता
जनकपुरधाम, १७ माघ । 
    बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमाको रकम प्रदेश २ सरकारले एक लाखबाट बढाएर तीन लाखमा बृद्धि गरेको छ । 
    प्रदेश सरकारले २०७५ माघ १ देखी जन्मेकी छोरीहरुको १ लाखको शिक्षा विमालाई निरन्तरता दिँदै शुक्रबार सो रकमलाई तीन लाख पु¥याएको जानकारी दिएको छ । हाल छोरीहरुको शिक्षा बिमा प्रदेश २ को आठै जिल्लाका विभिन्न स्थानिय तहमार्फत भइरहेको छ ।
    छोरी शिक्षा विमा अन्तर्गत हालसम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरिसकेको छ र विमा गराइसकेका छोरीहरुले समेत थपिएको सुविधा पाउने भएका छन् ।
    प्रदेश २ सरकारले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि छोरीहरुको शिक्षा बिमा तीन लाख पु¥याएको जानकारी दिएको छ । 
    आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव ३ लाख पाउने घोषणा गर्नु गरे । 
    सोही पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले अभियानलाई स्थानीय सरकारले सहयोग गरे हालको रकमलाई २० वर्षमा २० लाख पु¥याउने लक्ष्य लिएको बताए । 
    यस्तै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने योजना रहेको र चालु आ.ब. देखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत दिए ।
    जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको उनले जानकारी समेत दिए ।
    शुक्रबार सम्पन्न मन्त्री परिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गर्दै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको जनाइएको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
काँग्रेसका क्षेत्रिय उपसभापति  यादवद्वारा पार्टी परित्याग
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने