हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग

राजविराज राजविराज
|
बुधबार, बैशाख ७, २०७९
|
|
५१ पटक हेरिएको
Shares
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग

सारांश

  •     बुधबार राजविराजमा आयोजित जिल्ला हरवा चरवा अधिकार मञ्चले आयोजना गरेको जिल्लास्तरिय राजनैतिक दल र हरुवाचरुवा अगुवाहरुबीच आगामी स्थानिय निर्वाचनमा हरुवाचरुवाहरुको सहभागिता विषयक सम्वाद कार्यक्रमका सहभागि वक्ताहरुले उक्त माग गरेका हुन् ।
  •       कार्यक्रममा राष्ट्रिय हरवा चरवा मञ्चका केन्द्रिय अध्यक्ष दशनलाल मण्डलले पुस्तौदेखी जग्गाधनीको घरमा हरवा चरवा बस्दा पनि अहिलेसम्म ऋणमोचन नभएको भन्दै राजनीतिक दलहरुले आफूहरुको समस्यामा चासो नदेखाएको गुनासो पोखे ।
  •       सोही कार्यक्रममा हरवा चरवा मञ्चका महासचिव लागिन्द्र सदाले दलहरुले ल्याएको कार्यक्रममा पनि बास्तविक हरवा चरवाले राहत पाउन नसकेको भन्दै उक्त शिर्षकको रकम आफ्नो कार्यकर्ता पोस्ने काममा खर्च गरेको आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 
    हरवा चरवाका समस्या समाधानको प्रतिबद्धतालाई आगामी निर्वाचनमा राजनीतिक दलहरुले आफ्नो घोषणा पत्रमा समावेश गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले माग गरेका छन् । 
    बुधबार राजविराजमा आयोजित जिल्ला हरवा चरवा अधिकार मञ्चले आयोजना गरेको जिल्लास्तरिय राजनैतिक दल र हरुवाचरुवा अगुवाहरुबीच आगामी स्थानिय निर्वाचनमा हरुवाचरुवाहरुको सहभागिता विषयक सम्वाद कार्यक्रमका सहभागि वक्ताहरुले उक्त माग गरेका हुन् । 
    कार्यक्रममा राष्ट्रिय हरवा चरवा मञ्चका केन्द्रिय अध्यक्ष दशनलाल मण्डलले पुस्तौदेखी जग्गाधनीको घरमा हरवा चरवा बस्दा पनि अहिलेसम्म ऋणमोचन नभएको भन्दै राजनीतिक दलहरुले आफूहरुको समस्यामा चासो नदेखाएको गुनासो पोखे । 
    सोही कार्यक्रममा हरवा चरवा मञ्चका महासचिव लागिन्द्र सदाले दलहरुले ल्याएको कार्यक्रममा पनि बास्तविक हरवा चरवाले राहत पाउन नसकेको भन्दै उक्त शिर्षकको रकम आफ्नो कार्यकर्ता पोस्ने काममा खर्च गरेको आरोप लगाए ।
    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले सप्तरीमा सबै भन्दा बढी दलितहरुको बसोवास रहेको भन्दै हरवा चरवामा पनि बढी संख्या तीनै दलितहरुको रहेको उल्लेख गरे । 
    मञ्चका जिल्ला अध्यक्ष देवलाल रामको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय भूमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादवले हरवा चरवाको समस्यालाई संवेदनशिल रुपमा लिएर त्यसको समाधानमा आफू प्रयत्नशिल रहने प्रतिबद्धता व्यक्त गरे । 
    कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका सदस्य अशोककुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव बलराम शर्मा, पत्रकार मनोहर कुमार पोखरेललगायतले पनि हरवा चरवाको समस्या बारे घोषणापत्रमा प्रतिबद्धता आउनु पर्ने बताए । 
    कार्यक्रममा पत्रकार मणिलाल विश्वकर्माले हरवा चरवाको अवस्था बारेमा अवधारणापत्र प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवाचरवा परिवारलाई  दोश्रो चरणको राहत बितरण
हरवाचरवा परिवारलाई  दोश्रो चरणको राहत बितरण
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
लालपूर्जा पाउनु पर्ने माग गर्दै  दोस्रो चरणको आन्दोलन घोषणा
प्रदेश र संघीय सरकारलाई ६ बुँदे ज्ञापन
प्रदेश र संघीय सरकारलाई ६ बुँदे ज्ञापन
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
बलात्कार गरि फरार रहेका प्रतिवादी कारागार चलान
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
स्व. देवसुन्दर स्मृती राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि