लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, कार्तिक ३०, २०७९
|
|
१४२ पटक हेरिएको
Shares
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन

सारांश

  •     निर्वाचन क्षेत्र नं.
  • २ को प्रतिनिधिसभा सदस्यतर्फ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुर र गठबन्धनमा आवद्ध प्रदेशसभा सदस्य २ को १ का उम्मेदवार सरोज मण्डल र २ को २ का उम्मेदवार उमेशप्रसाद यादवले संयुक्त रुपमा शक्ति प्रदर्शन गरेका हुन् ।
  •       राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाट हजारौंको संख्यामा निस्केको जुलुस नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।

    मौन अवधी सुरु हुनु दुई दिनअगावै सप्तरी क्षेत्र नं. २ मा बुधबार लोकतान्त्रिक–बाम गठबन्धनले शक्ति प्रदर्शन गरेको छ । 
    निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यतर्फ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुर र गठबन्धनमा आवद्ध प्रदेशसभा सदस्य २ को १ का उम्मेदवार सरोज मण्डल र २ को २ का उम्मेदवार उमेशप्रसाद यादवले संयुक्त रुपमा शक्ति प्रदर्शन गरेका हुन् । 
    राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाट हजारौंको संख्यामा निस्केको जुलुस नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर चुनावी सभामा परिणत भएको थियो । 
    जुलुसमा काँग्रेस, लोसपा, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरिय नेता कार्यकर्ताका साथै सर्वसाधारणसमेतको सहभागिता देखिन्थ्यो । चुनावी प्रचार प्रसारका क्रममा पहिलो पटक गठबन्धनका उम्मेदवारले संयुक्त रुपमा यस्तो जुलुस निकालेका हुन् । 
    गठबन्धन आवद्ध दलका जिल्ला नेताहरुसँगै स्थानिय कार्यकर्ताको समेत उत्साहजनक सहभागिताले मनोवल उच्च भएको सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका ठाकुरले बताए । 
    नगर परिक्रमा पश्चात् आयोजित चुनावी सभालाई सत्तारुढ गठबन्धनका प्रदेशसभा २ को १ का उम्मेदवार सरोज मण्डल, २ को २ का उम्मेदवार उमेशकुमार यादव, नेपाली काँग्रेसका रामकुमार यादव, इर्साद अन्सारी, महानन्द यादव लगायतले पनि सम्बोधन गर्दै गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गर्न अपील गरे । 
    निर्वाचन कार्यक्रम अनुसार मंसिर ४ गते आइतबार हुने निर्वाचनका लागि बिहीबार राती १२ बजे देखी मौन अवधी सुरु हुँदैछ । मौन अवधी अगावै प्रचारप्रसार सकाएर मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास स्वरुप विभिन्न दलका उम्मेदवारहरुद्वारा घरदैलो, चुनावी सभा र रोड शो लगायतका गतिविधी तिब्र बनाएका छन् ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ
सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?