दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।
अन्तर्राष्ट्रिय युवादिवसको अवसरमा तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न ठाउँमा सोमबार वृक्षारोपण गरिएको छ ।
लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टीबाट शुरु भएको वृक्षारोपण कार्यक्रम गाउँपालिकाको आठ वटै वडामा गरिएको छ । माविकट्टीमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।
वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष मण्डलले वृक्षारोपणले जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
सबल नेपालद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका किशोर किशोरी, युवा, महिलाहरुको अधिकार अभियानका लागि गठित युवा सञ्जालले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
युवा सञ्जालका अध्यक्ष सुशीलकुमार मण्डलको अध्यक्षतामा आयोजित वृक्षारोपण कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष हरिनारायण मण्डल, गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव, प्रधानाध्यापक विपिन झा, सञ्जालका पदाधिकारीसहितको सहभागिता रहेको थियो ।
युवा दिवसमा तिलाठीमा वृक्षारोपण
सारांश
- लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टीबाट शुरु भएको वृक्षारोपण कार्यक्रम गाउँपालिकाको आठ वटै वडामा गरिएको छ ।
- माविकट्टीमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।
- वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष मण्डलले वृक्षारोपणले जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया