दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।
अन्तर्राष्ट्रिय युवादिवसको अवसरमा तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न ठाउँमा सोमबार वृक्षारोपण गरिएको छ ।
लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टीबाट शुरु भएको वृक्षारोपण कार्यक्रम गाउँपालिकाको आठ वटै वडामा गरिएको छ । माविकट्टीमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।
वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष मण्डलले वृक्षारोपणले जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
सबल नेपालद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका किशोर किशोरी, युवा, महिलाहरुको अधिकार अभियानका लागि गठित युवा सञ्जालले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
युवा सञ्जालका अध्यक्ष सुशीलकुमार मण्डलको अध्यक्षतामा आयोजित वृक्षारोपण कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष हरिनारायण मण्डल, गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव, प्रधानाध्यापक विपिन झा, सञ्जालका पदाधिकारीसहितको सहभागिता रहेको थियो ।
युवा दिवसमा तिलाठीमा वृक्षारोपण
सारांश
- लक्ष्मीबल्लभ नरसिंह मावि बभनगामाकट्टीबाट शुरु भएको वृक्षारोपण कार्यक्रम गाउँपालिकाको आठ वटै वडामा गरिएको छ ।
- माविकट्टीमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।
- वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष मण्डलले वृक्षारोपणले जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया