दैनिक समाचारदाता
राजविराज, २ पुस ।
राजविराज वडा नं. ६ स्थित श्री आधारभुत विद्यालय थानगाछीको अवस्था अब्बल देखिएको छ ।
प्रदेशसभा सदस्य किरण कुमारी साह, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादव सम्मिलित टोलीले सोमबार गरेको अनुगमनको क्रममा विद्यालयको अवस्था अब्बल देखिएको जनाएका छन् ।
सोमबार चलिरहेको विद्यालयको अर्धवार्षिक परिक्षाकै क्रममा अनुगमन टोली पुगेपछि परिक्षार्थीमा सन्नाटा छाएपछि सांसद साहले नडराई लेख्न भन्दै परिक्षार्थीलाई होस्याए ।
मर्यादा विपरीत काम नगर्न निर्देशन दिएको टोलीले चेकजाच गर्दा परिक्षा कोठाभित्र परिक्षार्थीबाट कुनै चिट समेत नभेटिएको शिक्षा शाखा प्रमुख यादवले बताए ।
विपन्न परिवारका आधाजसो विद्यार्थी रहेपनि राम्रो पढाई र अनुशासन भने उत्कृष्ट पाइएको टोलीले जनाएको छ । विद्यालय रेकर्डमा देखिएको विद्यार्थीको संख्या र कक्षामा उपस्थित संख्या उत्साहजनक पाइएको शिक्षा शाखा प्रमुख यादवले बताए ।
प्रधानाध्यापक भोलाप्रसाद साहका अनुसार २०२९ सालमा स्थापना भएको उक्त विद्यालयमा बाल कक्षादेखी कक्षा ८ सम्मको पढाई हुने गरेको छ । विद्यालयमा १ सय ८४ छात्र र १ सय ७१ छात्रागरि कुल ३ सय ५५ जना अध्ययनरत छन् । जसमध्ये १ सय ५१ जना बालबालिका गरिब विपन्न र दलित समुदायका छन् ।
टोलीले विद्यालयको सम्पूर्ण अवस्था बारे जानकारी लिनुका साथै विद्यालयलाई आवश्यक पर्ने सामाग्रि तथा थप भौतिक संरचनाका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयको अवस्था अब्बल रहेको टोलीको निष्कर्ष
सारांश
- प्रदेशसभा सदस्य किरण कुमारी साह, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादव सम्मिलित टोलीले सोमबार गरेको अनुगमनको क्रममा विद्यालयको अवस्था अब्बल देखिएको जनाएका छन् ।
- सोमबार चलिरहेको विद्यालयको अर्धवार्षिक परिक्षाकै क्रममा अनुगमन टोली पुगेपछि परिक्षार्थीमा सन्नाटा छाएपछि सांसद साहले नडराई लेख्न भन्दै परिक्षार्थीलाई होस्याए ।
- मर्यादा विपरीत काम नगर्न निर्देशन दिएको टोलीले चेकजाच गर्दा परिक्षा कोठाभित्र परिक्षार्थीबाट कुनै चिट समेत नभेटिएको शिक्षा शाखा प्रमुख यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया