दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र राजबिराजका प्रमुख चन्द्रनारायण साहले सप्तरीमा अहिले पनि ४३ प्रतिशत विद्युत चुहावट रहेको बताएका छन् ।
सप्तरीमा गत बर्ष ५० प्रतिशत चुहावट रहेकोमा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको उनको भनाई छ ।
चालु आबमा ३६ प्रतिशतमा विद्युत चुहावट झार्ने लक्ष्य रहेकोले यसका लागि चुहावट नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिने उनले बताए ।
जिल्लाको बिजुली बत्तिलाई नियमित र ब्यबस्थित गर्नेतर्फ विद्युत प्राधिकरणका साथ साथै स्थानिय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित बिजुली सेवा पाउने उनको दाबी छ ।
स्थानिय तह अन्तर्गत वडाहरूमा हुने हुकिङलाई वडा अध्यक्षले अनुगमन गरि कार्यवाही गरेमा चुहावटलाई नियन्त्रण गर्ने सकिने उनको भनाई छ । स्थानिय निकाय ऐनले पनि स्थानिय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकार समेत रहेकोले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कार्यवाही गर्न सकिने बताए ।
प्रमुख साहले भने, “अहिले हामी सँग १० हजार मिटर रहेको छ, जस मध्ये ८ हजार मिटर बितरण भईसकेको र थप २ हजार मिटर चाडै ल्याउने छौं ।”
यसैबीच सप्तरीमा यस बर्ष चुहावट नियन्यत्रण गर्ने क्रममा राजबिराज, रूपनी, कल्याणपुर, हनुमाननगर, कंचनपुर, लगायत अन्य ७५ मिटरमा कारवाही गरिएको छ । मिटर कारवाहीमा १३ लाख ४० हजार १ सय ४४ रूपैया ६० पैसा असुली भएको उनले जानकारी दिए ।
यस्तै हुकिंङ नियन्त्रण अभियान अन्तर्गत ४ सय जनालाई कार्यवाही गरी ५० लाख ६० हजार १ सय ५० रूपैया असुल गरी ६४ लाख २ सय ९४ रूपैया ६० पैसा बिद्युत चुहावटबाट रकम असुली गरेको प्रमुख साहले बताए ।
सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली
सारांश
- सप्तरीमा गत बर्ष ५० प्रतिशत चुहावट रहेकोमा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको उनको भनाई छ ।
- चालु आबमा ३६ प्रतिशतमा विद्युत चुहावट झार्ने लक्ष्य रहेकोले यसका लागि चुहावट नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिने उनले बताए ।
- जिल्लाको बिजुली बत्तिलाई नियमित र ब्यबस्थित गर्नेतर्फ विद्युत प्राधिकरणका साथ साथै स्थानिय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित बिजुली सेवा पाउने उनको दाबी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया