सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
५३ पटक हेरिएको
Shares
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने

सारांश

  •     नेपाल सरकार मन्त्रीपरिषद कात्तिक १७ गतेको बैठकले मुलुकभरका ३८ वटा करदाता सेवा कार्यालयलाई खारेज गर्ने निर्णय गरेपछी सप्तरीका उद्योगि व्यापारीहरु आन्दोलित भएका हुन् ।
  •       आन्दोलनका कार्यक्रमहरुमा कालोपट्टी बाधेर कारोबार गर्नेदेखी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने सम्म रहेको छ ।
  •       बिहीबार संघका अध्यक्ष लालुप्रसाद अग्रवालद्वारा जारि विज्ञप्तिमा बिहीबार साँझदेखी घरदैलो कार्यक्रम मार्फत हस्ताक्षर संकल्न गरि शुक्रबार उद्योगी व्यवसायी तथा सरोकारवालाले कालोपट्टी वाँधेर प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षरित तुल बुझाउने कार्यक्रम रहेको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।

    राजविराजस्थित करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय लहानमा गाभ्ने निर्णय विरुद्ध सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा दोश्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ । 
    नेपाल सरकार मन्त्रीपरिषद कात्तिक १७ गतेको बैठकले मुलुकभरका ३८ वटा करदाता सेवा कार्यालयलाई खारेज गर्ने निर्णय गरेपछी सप्तरीका उद्योगि व्यापारीहरु आन्दोलित भएका हुन् । 
    आन्दोलनका कार्यक्रमहरुमा कालोपट्टी बाधेर कारोबार गर्नेदेखी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने सम्म रहेको छ ।  
    बिहीबार संघका अध्यक्ष लालुप्रसाद अग्रवालद्वारा जारि विज्ञप्तिमा बिहीबार साँझदेखी घरदैलो कार्यक्रम मार्फत हस्ताक्षर संकल्न गरि शुक्रबार उद्योगी व्यवसायी तथा सरोकारवालाले कालोपट्टी वाँधेर प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षरित तुल बुझाउने कार्यक्रम रहेको उल्लेख छ । 
    त्यस्तै शनिबार सम्पूर्ण उद्योगी व्यवसायीहरुले आ–आफनो कारोवार स्थलमा कालोपट्टी बाँधी कारोवार गर्ने र सोही दिन दिनको ३ बजे संघको सचिवालयमा कालोपट्टी बाधेर नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यस्तै आइतबार बिहान १० बजेदेखी ११ बजेसम्म जिल्लाा प्रशासन कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरिएको छ । 
    करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय लहानमा गाभ्ने बिरोधमा बिहीबार सर्वदलिय सर्वपक्षिय बैठकबाट निर्णय गरि बिरोधका कार्यक्रमहरु सार्वजनिक गरिएको बिज्ञप्तिमा जनाइएको छ । 
    यसअघि सोको बिरोधमा पहिलो चरणमा कात्तिक २२ गतेदेखि २७ गतेसम्म विहान ९ वजेदेखि वेलुका ४ वजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा सेतो तुल राखी हस्ताक्षर संकलन, २२ गतेदेखि २७ गते सम्म दिउँसो २ बजेदेखी बेलुका ५ बजे सम्म स्थानिय गजेन्द्र नारायण सिंह चौकमा धर्ना प्रदर्शन, २७ गते ४ वजे संकलित हस्ताक्षरको तुल गजेन्द्र नारायण सिंह चौकबाट मौन जुलुससहित प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रीलाई बुझाएको थियो ।  
    बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ । 
    करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
उपनिर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगायो, काँग्रेस र समाजवादीले लगाउँदै 
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु
आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु