दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले बिहीबार निर्वाचन आचारसहिता कार्यान्वयन बारे सरोकारबालाहरुको भूमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
पाँचौ निर्वाचन दिवसको अवसरमा कार्यालयले निर्वाचनमा सँगै, सधै, सँगै मुलनारा राखी निर्वाचन आचार सहिता कार्यान्वयमा सरोकारबालाहरुको भुमिका सम्बन्धी अन्तरक्रिया गरेको हो ।
नयाँ बन्ने आचार संहिताको मस्यौदामा पार्टीहरुले सञ्चार माध्यममार्फत गरिने प्रचार प्रसारमा सिमितता, पार्टीले लिने चन्दा र खर्च समेत बैंक मार्फत गर्नु पर्ने बाध्यात्मक व्यवस्था र सोको सिमितता, भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा मुख्यपात्रले हेलिकप्टर प्रयोग गर्ने सक्ने सम्मको व्यबस्था लगायत पहिलेको भन्दा यसपालिको अचार संहितामा केही फरक र संशोधितजतस् व्यवस्था आयोगले गर्न लागेको निर्वाचन कार्यालय सप्तरीका अधिकृत रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
अन्तरक्रियामा मतदाता शिक्षा, मतदानमा अधिक भन्दा अधिक मतदाताको सहभागिता, बदर मत घटाउने उपायलागयत शान्तिपुर्णा तरिकाले चुनाव सम्पन गर्ने लगायतका विषयहरुमा समेत कार्यक्रमका सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।
सरकारले तोकेको वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीका रुपमा यस अन्तरक्रियालाई लिइएको छ । यअघि पनि गत महिना निर्वाचन कार्यालयले पहिलो पटक निर्वाचन सम्बन्धी कार्यक्रम गरेको थियो ।
आयोजित अन्तरक्रियामा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल प्रहरीका डिएसपी भुवनेश्वर साह, सशस्त्र प्ररीका डिएसपी श्याम मणि, नेकपा (ओली पक्ष) का अशोक यादव, नेमकिपाका दिगम्बर यादव, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न
सारांश
- पाँचौ निर्वाचन दिवसको अवसरमा कार्यालयले निर्वाचनमा सँगै, सधै, सँगै मुलनारा राखी निर्वाचन आचार सहिता कार्यान्वयमा सरोकारबालाहरुको भुमिका सम्बन्धी अन्तरक्रिया गरेको हो ।
- नयाँ बन्ने आचार संहिताको मस्यौदामा पार्टीहरुले सञ्चार माध्यममार्फत गरिने प्रचार प्रसारमा सिमितता, पार्टीले लिने चन्दा र खर्च समेत बैंक मार्फत गर्नु पर्ने बाध्यात्मक व्यवस्था र सोको सिमितता, भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा मुख्यपात्रले हेलिकप्टर प्रयोग गर्ने सक्ने सम्मको व्यबस्था लगायत पहिलेको भन्दा यसपालिको अचार संहितामा केही फरक र संशोधितजतस् व्यवस्था आयोगले गर्न लागेको निर्वाचन कार्यालय सप्तरीका अधिकृत रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
- अन्तरक्रियामा मतदाता शिक्षा, मतदानमा अधिक भन्दा अधिक मतदाताको सहभागिता, बदर मत घटाउने उपायलागयत शान्तिपुर्णा तरिकाले चुनाव सम्पन गर्ने लगायतका विषयहरुमा समेत कार्यक्रमका सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया