निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
७१ पटक हेरिएको
Shares
निर्वाचन आचारसहिता कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न

सारांश

  •     पाँचौ निर्वाचन दिवसको अवसरमा कार्यालयले निर्वाचनमा सँगै, सधै, सँगै मुलनारा राखी निर्वाचन आचार सहिता कार्यान्वयमा सरोकारबालाहरुको भुमिका सम्बन्धी अन्तरक्रिया गरेको हो ।
  •     नयाँ बन्ने आचार संहिताको मस्यौदामा पार्टीहरुले सञ्चार माध्यममार्फत गरिने प्रचार प्रसारमा सिमितता, पार्टीले लिने चन्दा र खर्च समेत बैंक मार्फत गर्नु पर्ने बाध्यात्मक व्यवस्था र सोको सिमितता, भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा मुख्यपात्रले हेलिकप्टर प्रयोग गर्ने सक्ने सम्मको व्यबस्था लगायत पहिलेको भन्दा यसपालिको अचार संहितामा केही फरक र संशोधितजतस् व्यवस्था आयोगले गर्न लागेको निर्वाचन कार्यालय सप्तरीका अधिकृत रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
  •       अन्तरक्रियामा मतदाता शिक्षा, मतदानमा अधिक भन्दा अधिक मतदाताको सहभागिता, बदर मत घटाउने उपायलागयत शान्तिपुर्णा तरिकाले चुनाव सम्पन गर्ने लगायतका विषयहरुमा समेत कार्यक्रमका सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
    जिल्ला निर्वाचन कार्यालय सप्तरीले बिहीबार निर्वाचन आचारसहिता कार्यान्वयन बारे सरोकारबालाहरुको भूमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । 
    पाँचौ निर्वाचन दिवसको अवसरमा कार्यालयले निर्वाचनमा सँगै, सधै, सँगै मुलनारा राखी निर्वाचन आचार सहिता कार्यान्वयमा सरोकारबालाहरुको भुमिका सम्बन्धी अन्तरक्रिया गरेको हो ।
    नयाँ बन्ने आचार संहिताको मस्यौदामा पार्टीहरुले सञ्चार माध्यममार्फत गरिने प्रचार प्रसारमा सिमितता, पार्टीले लिने चन्दा र खर्च समेत बैंक मार्फत गर्नु पर्ने बाध्यात्मक व्यवस्था र सोको सिमितता, भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा मुख्यपात्रले हेलिकप्टर प्रयोग गर्ने सक्ने सम्मको व्यबस्था लगायत पहिलेको भन्दा यसपालिको अचार संहितामा केही फरक र संशोधितजतस् व्यवस्था आयोगले गर्न लागेको निर्वाचन कार्यालय सप्तरीका अधिकृत रमेश कुमार जोशीले जानकारी दिएका छन् । 
    अन्तरक्रियामा मतदाता शिक्षा, मतदानमा अधिक भन्दा अधिक मतदाताको सहभागिता, बदर मत घटाउने उपायलागयत शान्तिपुर्णा तरिकाले चुनाव सम्पन गर्ने लगायतका विषयहरुमा समेत कार्यक्रमका सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।
    सरकारले तोकेको वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीका रुपमा यस अन्तरक्रियालाई लिइएको छ । यअघि पनि गत महिना निर्वाचन कार्यालयले पहिलो पटक निर्वाचन सम्बन्धी कार्यक्रम गरेको थियो । 
    आयोजित अन्तरक्रियामा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल प्रहरीका डिएसपी भुवनेश्वर साह, सशस्त्र प्ररीका डिएसपी श्याम मणि, नेकपा (ओली पक्ष) का अशोक यादव, नेमकिपाका दिगम्बर यादव, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?