दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
कोशी नदीको बाढीबाट प्रभावित हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ११ का ७० परिवारलाई विहीवार राहत वितरण गरिएको छ ।
युनाइटेड मिशन टु नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित शिक्षा सुरक्षा कार्यक्रम अन्तर्गत खाद्यान्न सामग्री वितरण गरेको हो ।
सबल नेपालले प्रति परिवार २५ किलो चामल, ४ किलो दाल, २ किलो चना, २ लिटर खाने तेल, १ किलो सोयाबिन, १०० ग्राम जिरा र १०० ग्राम हल्दी वितरण गरिएको सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझी, युनाइटेड मिशन टु नेपालका जिल्ला परियोजना व्यवस्थापक सुरज सुनार, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक जुही ठाकुर सहितकाले राहत वितरण गरेका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया