दैनिक समाचारदाता
काठमाडौं, ३ भदौं ।
‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु भएको छ । सो अभियानको पूर्वप्रधान सेनापति रूक्माङ्गद कटवालले बिहीबार एक कार्यक्रमबीच ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा उद्घाटन गरेका हुन् ।
जुम प्रविधिमार्फत देशभरका १ हजार कार्यकर्ता तथा शुभचिन्तक जोडिएको अभियानको उद्घाटन गर्दै उनले नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो भन्दै हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियानको उद्देश्य रहेको बताए ।
हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक रहेका नेपाल प्रहरीका पूर्वएआईजी कल्याण कुमार तिम्सिनाले अभियान एउटा सामाजिक अभियानका रुपमा अघि बढ्ने उदघोष गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्दति अपनाउन स्वतन्त्रता दिएको दाबी गरे ।
त्यस्तै, शान्तिधामका मठाधीश स्वामी भानुभक्ताचार्य महाराजले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने धारणा राखे ।
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’
सारांश
- जुम प्रविधिमार्फत देशभरका १ हजार कार्यकर्ता तथा शुभचिन्तक जोडिएको अभियानको उद्घाटन गर्दै उनले नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो भन्दै हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियानको उद्देश्य रहेको बताए ।
- हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक रहेका नेपाल प्रहरीका पूर्वएआईजी कल्याण कुमार तिम्सिनाले अभियान एउटा सामाजिक अभियानका रुपमा अघि बढ्ने उदघोष गरे ।
- कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्दति अपनाउन स्वतन्त्रता दिएको दाबी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया