दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार साँझ आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी एक बृद्धाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
चिसो छल्न बालिएको घुर ताप्ने क्रममा आगो लागेर गम्भिर घाइते भएकी उक्त नगरपालिका वडा नं.२ हर्दियाकी ७५ वर्षिया कमली देबि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार आफनो घरमा घुर बाली ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा कम्मर भन्दा तल दुबै खुट्टा, घाँटी र ढाड जली घाईते भएकी पासवानको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
अगोबाट जलेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागी सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो ताप्ने क्रममा एक बृद्धाको मृत्यु
सारांश
- चिसो छल्न बालिएको घुर ताप्ने क्रममा आगो लागेर गम्भिर घाइते भएकी उक्त नगरपालिका वडा नं.
- २ हर्दियाकी ७५ वर्षिया कमली देबि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार आफनो घरमा घुर बाली ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा कम्मर भन्दा तल दुबै खुट्टा, घाँटी र ढाड जली घाईते भएकी पासवानको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया