दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
सप्तरीको राजगढ गाउँपालिका ४ स्थित बेल्हीमा शुक्रबारदेखी तीन दिने व्यवसायिक साक्षरता तालिम शुरु भएको छ ।
युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा नागरिक सक्रियता परियोजनाबाट उक्त व्यवसायिक साक्षरता तालिम संचालन गरिएको हो ।
उक्त तालिममा राजगढ गाउँपालिकाका वडा नं. १ का सृजनशिल महिला समूह तथा वडा नं. ५ का बाबा बजरंगवली महिला समुहकी महिला/युवती सदस्यहरुलाई व्यवसायिक साक्षरता तालिम संचालन गरिएको दलित सरोकार मञ्चका सुशासन सहजकर्ता उपेन्द्र कुमार मरिकले जानकारी दिएका छन् ।
आयोजित तालिम उद्घाटन समारोहका अध्यक्षता दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवान एवं प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष हेमनारायण साहले संयुक्त रुपमा ब्यनर पढेर साक्षरता तालिम उदघाटन गरे ।
संचालित तालिममा लक्षित ग्राहकको पहिचान र विक्रय कलाको विकास, व्यवसायिक योजनाको महत्व, व्यवसायको अर्थ, प्रकार, महत्व र फाईदा, लागत तथा विक्रि मूल्य निर्धारण र लगत तथा लागतका तत्वहरु बजार र बजारीकरणलगायत बिषयबस्तुहरु समिटिने मञ्चले जनाएको छ ।
तीन दिने व्यवसायिक साक्षरता तालिम सुरु
सारांश
- युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवं दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा नागरिक सक्रियता परियोजनाबाट उक्त व्यवसायिक साक्षरता तालिम संचालन गरिएको हो ।
- उक्त तालिममा राजगढ गाउँपालिकाका वडा नं.
- १ का सृजनशिल महिला समूह तथा वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया