दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
बुद्ध एयरले राजविराजबाट चैत १९ गते देखी दैनिक दुई उडान गर्ने निर्णय अन्यौलमा परेको छ ।
२०८१ मंसिर २९ गते संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्रिकालिन उडानको परीक्षण उडानको प्रारम्भ गरेका थिए । सो परीक्षण उडान पश्चात् राजविराजबाट रात्रिकालिन उडान हुने विश्वास जागेको थियो ।
बुद्ध एयरले राजविराजबाट काठमाडौंका लागि दैनिक दिउँसो २ बजेतीर एक मात्र उडान मार्फत सेवा प्रदान गर्दै आएकोमा यात्रुको चाप बढेपछी एउटा थप उडानका लागि मन्त्री पाण्डेले रात्रीकालिन परिक्षण उडानको उदघाटन गरेका थिए ।
राजविराज विमानस्थलबाट रात्रीकालिन उडानको परिक्षण सकिएको चार महिना वितिसक्दा पनि रात्रिकालिन उडान संचालनमा आउन नसक्दा स्थानियवासीको यसप्रति चासो बढेको हो ।
पछिल्लो पटक चैत १९ अर्थात १ अप्रिलबाट दिनको १२ः२५ र साँझ ६ बजे गरी २ वटा उडान राजविराज विमानस्थलबाट काठमाडौका लागि उडान भर्ने समय तालिका सार्वजनिक गरेको थियो । तर शुक्रवार फेरी त्यो मितीमा रात्रीकालिन उडान सेवा शुरु नहुने बुद्ध एयरलाईन्सले जनाएपछि अन्यौलता बढेको छ ।
एयर ट्राफिक, नोटम एक्सचेन्ज र फ्लाइटहरुको उडान तालिका लगायतका विषयमा काठमाण्डौ स्थित फ्लाईट विभागबाट अनुृमती प्राप्त गर्न ढिलाई भएकोले १ अप्रिलबाट शुरु हुने भनिएको उडान सेवा रोकिएको बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजवंशीले जानकारी दिए ।
सबै आवश्यक प्रक्रिया पुरा गरेर रात्रीकालिन विमान सेवा शुरु गर्नमा अझै एक देखि डेढ महिना सम्मको.समय लाग्ने उनले बताए ।
अहिले सम्म रात्रिकालिन विमान सेवा शुरु नभएको र दिनानु दिन यात्रुको चाप बढ्दै गएकोले यात्रुलाई समस्या भइरहेको उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले बताए ।
राजविराज विमानस्थलका प्रमुख ध्रुव श्रेष्ठले उडानका लागी सबै कुरा तयारी अवस्थामा रहेको जानकारी दिदै सेवा पटक–पटक उडानको समय सार्दै आएका प्रदायक कम्पनीले नै उडानबारे थप स्पस्ट कारण बताउन सक्ने प्रंतिक्रिया दिए ।
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा
सारांश
- २०८१ मंसिर २९ गते संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्रिकालिन उडानको परीक्षण उडानको प्रारम्भ गरेका थिए ।
- सो परीक्षण उडान पश्चात् राजविराजबाट रात्रिकालिन उडान हुने विश्वास जागेको थियो ।
- बुद्ध एयरले राजविराजबाट काठमाडौंका लागि दैनिक दिउँसो २ बजेतीर एक मात्र उडान मार्फत सेवा प्रदान गर्दै आएकोमा यात्रुको चाप बढेपछी एउटा थप उडानका लागि मन्त्री पाण्डेले रात्रीकालिन परिक्षण उडानको उदघाटन गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया