विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
४३ पटक हेरिएको
Shares
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण

सारांश

  •     विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढ्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
  •     प्रदेश सभा सदस्य सुमनले साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह गरेका छन् ।
  •     समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको जानकारी दिँदै उनले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरुसँग समेत आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, २० भदौं । 
    बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ स्थित नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनराका छात्राहरुलाई शुक्रबार साइकल वितरण गरिएको छ  ।
    विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढ्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।
    प्रदेश सभा सदस्य सुमनले साइकल खरिद गर्न असमर्थ विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्राहरुलाई आग्रह गरेका छन् ।
    समाजमा महिला प्रति हुँदै आएको विभेद र हिंसालाई न्यूनिकरण गर्न तथा सकारात्मक परिवर्तनका लागि प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऔं अभियान ल्याएको जानकारी दिँदै उनले छोरीहरुलाई पनि नियमित विद्यालय पठाउन अभिभावकहरुसँग समेत आग्रह गरे ।
    कार्यक्रमका अतिथि महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव, महादेवा गापा वडा नम्वर १ का अध्यक्ष जयश्वर किशोर दास, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी, राजपा नेता सुकदेव यादवलगायतका वक्ताले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
राजनीतिको निकास र यूवाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
नेपाल खेलाडी तथा  प्रशिक्षक संघ सप्तरी गठन
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह