राजविराज÷मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करण शनिबारदेखी राजविराजको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा सुरु भएको छ ।
प्रतियोगिताको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले ब्याटिङ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान बिनादे दासले बलिङ तथा वडा अध्यक्ष परमानन्द यादवले विकेट किपिङको भूमिका निर्वाह गर्दै उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर क्रिकेट क्लबले भारतको बिरपुर क्रिकेट क्लब (सुपौल) लाई ८ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको बिरपुर क्रिकेट क्लबले समय अभावका कारण छोट्याइएको १८ ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो ।
१ सय ३५ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको मकवानपुर क्रिकेट क्लबले १७ दशमलब २ ओभरमै बिजयी लक्ष्य हासिल गरेको थियो । दुई विकेट मात्र गुमाउँदै मकवानपुर क्रिकेट क्लबले बिजयी लक्ष्य भेटाएको थियो । उक्त खेलको म्यान अफ द म्याच मकवानपुर क्रिकेट क्लबका गौरव खड्का घोषित भए ।
विष्णुपुर गाउँपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजविराज नगरपालिका, बोदेबरसाईन नगरपालिका, एसके इन्जिनियरिङ कन्सल्टेन्सी, अर्ना सिमेन्ट, मुक्तिनाथ विकास बैंक, मिलन डेरी लगायत विभिन्न पालिका, संघ संस्था र प्रतिष्ठानको सहयोग रहेको आयोजक यूवा शक्ति क्लब विष्णुपुरका अध्यक्ष ई. रबिन्द यादवले जानकारी दिएका छन् ।
प्रतियोगिताका बिजेता टिम एक लाख नगद र ट्रफी तथा उपबिजेता टिम ५० हजार नगद र ट्रफी पाउने छन् । प्रतियोगितामा छिमेकी राष्ट्र भारतका २, प्रदेश १ का ३, मधेश प्रदेशका १० र बागमती प्रदेशका १ गरि कुल १६ टिमको सहभागिता रहेको छ ।
आयोजक समितिका अध्यक्ष ई. रबिन्द्र यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाली काँग्रेसका नन्दकिशोर यादव, शम्भुलाल देव, पत्रकार महासंघका सभापति श्रवण देव लगायतको उपस्थिति रहेको थियो ।
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
सारांश
- टस जितेर ब्याटिङ रोजेको बिरपुर क्रिकेट क्लबले समय अभावका कारण छोट्याइएको १८ ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो ।
- १ सय ३५ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको मकवानपुर क्रिकेट क्लबले १७ दशमलब २ ओभरमै बिजयी लक्ष्य हासिल गरेको थियो ।
- दुई विकेट मात्र गुमाउँदै मकवानपुर क्रिकेट क्लबले बिजयी लक्ष्य भेटाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया