दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
बिराटनगर महानगरपालिकाको आयोजनामा गत चैत्र २२ गते देखि २६ गते सम्म आयोजित मेयर कप अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत बिजेता राजबिराज नगरपालिकाका क्रिकेट खेलाडीहरुलाइ एक कार्यक्रमबीच राजबिराज नगरपालिकाले सम्मान गरेको छ ।
आईतवार सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवद्धारा टोलिका १८ जना खेलाडि तथा अफिसियललाई जनहि १५ हजार बरावरको क्रिकेट सामाग्रि हस्तान्त्रण गरिएको छ । जस अन्र्तगत जनहि खेलाडिलाई क्रिकेट ब्याट, प्याड, ब्याटिंग ग्लोब्स, थाई गार्ड, किट ब्याग लगायतका सामाग्रि बितरण रहेकोे छ ।
प्रतियोगितामा प्रदेश नं. १ का बिराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिकाको सहभागिता रहेको थियो भने मधेश प्रदेशका बिरगंज महानगरपालिका, जनकपुर उपमहानगरपालिका तथा राजबिराज नगरपालिकाको सहभागि रहेको थिए । प्रतियोगिता अन्र्तगत फाईनलमा राजबिराज नगरपालिकाले जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको थियो । उपाधि संगै राजबिराज नगरपालिकाको टोलिले १ लाख १ हजार समेत प्राप्त गरेका थिए ।
कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, उपाध्यक्ष धमेन्द्र चौधरी, राजबिराज नगरपालिकाका लेखा प्रमुख शत्रुघन दास, लेखापाल जयराम यादव, स्वास्थ्य शाखा प्रमुख निरन्जन यादव, पशुपंक्षि बिकास शाखाका प्रमेश्वर यादव, सुचना अधिकृत सुरेश यादव, अन्तराष्ट्रिय खेलाडिद्धय महवुव आलम तथा बिवेक यादव लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखाका भगवति बिकले गरेका थिए ।
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित
सारांश
- आईतवार सम्पन्न कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादवद्धारा टोलिका १८ जना खेलाडि तथा अफिसियललाई जनहि १५ हजार बरावरको क्रिकेट सामाग्रि हस्तान्त्रण गरिएको छ ।
- जस अन्र्तगत जनहि खेलाडिलाई क्रिकेट ब्याट, प्याड, ब्याटिंग ग्लोब्स, थाई गार्ड, किट ब्याग लगायतका सामाग्रि बितरण रहेकोे छ ।
- प्रतियोगितामा प्रदेश नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया