काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी

राजविराज राजविराज
|
बिहिबार, श्रावण ७, २०७८
|
|
४४ पटक हेरिएको
Shares
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी

सारांश

  •     काँग्रेसको वडा र पालिका स्तरको अधिवेशनको मिती केही हेरफेर गरिएपनि जिल्ला अधिवेशन तोकेकै मिति साउन १६ गते हुने तय भएको काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
  •     जिल्लामा नेतृत्वका लागी अहिले सम्म १३ जनाले दाबेदारी गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
  • पछिल्लो पटक बुधवार उम्मेदवारी घोषणा गर्नेहरुमा नन्द किशोर यादव, भगवती प्रसाद यादव, रामु यादव र महेन्द्र प्रसाद यादव छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
    नेपाली काँग्रेसको जिल्ला अधिवेशन नजिकिदै जाँदा सभापती पदका आकाक्षी पनि थपिदै गएका छन् । 
    काँग्रेसको वडा र पालिका स्तरको अधिवेशनको मिती केही हेरफेर गरिएपनि जिल्ला अधिवेशन तोकेकै मिति साउन १६ गते हुने तय भएको काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
    जिल्लामा नेतृत्वका लागी अहिले सम्म १३ जनाले दाबेदारी गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन् । पछिल्लो पटक बुधवार उम्मेदवारी घोषणा गर्नेहरुमा नन्द किशोर यादव, भगवती प्रसाद यादव, रामु यादव र महेन्द्र प्रसाद यादव छन् । 
    यसअघि देउवा पक्ष मानिएका शत्रुघन प्रसाद यादव, निर्मला कुमारी यादव, फत्तेहमहमद, राम प्रसाद मण्डल र ललन प्रसाद गुप्ताले उम्मेदवारी घोषणा गरिसकेका छन् । 
    यस्तै पौडेल पक्ष मानिएका रामदेव साह, बद्री माहात्मान, नारायण प्रसाद चौधरी तथा आफुलाई दुबै पक्षका भन्न रुचाउने वर्तमान कार्यसमितीका सचिव रामकुमार यादवले पनि यस अघि नै उम्मेदवारी घोषणा गरी क्रियाशिल सदस्यहरुसँगको भेटघाट र उनीहरुको मत तान्न घरदैलो अभियान तिब्र बनाई सकेका छन् । 
    जिल्ला अधिवेशनले सभापतीसहित दुई उपसभापति, दुई सचिव र दुई सहसचिवको निर्वाचन गर्नेछन । कार्यसमितिमा प्रत्येक पालिकाबाट सदस्य निर्वाचित हुने छन् । यस्तै निर्वाचित सदस्यमध्येबाट एक जनालाई सभापतीको प्रस्तावमा जिल्ला कार्यसमितिले कोषाध्यक्ष पदमा चयन गर्ने ब्यवस्था छ । 
    कार्यसमितिमा महिला, दलित, आदीवासी, जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट जनसंख्याका आधारमा सामानुपातिक रुपमा सदस्यहरु निर्वाचित हुने छन् भने सभापतीले कुल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने छन् । 
    काँग्रेसमा नेतृत्व चयन गर्न क्रियाशिल सदस्यहरु नै मतदाता रहने प्रावधान छ । वडामा रहेका क्रियाशिल सदस्यहरु मध्येबाट चुनिएका प्रतिनिधि पालिका, प्रदेश, प्रतिनिधिसभा क्षेत्र र जिल्लाको नेतृत्व चयन गर्नेछन् । सप्तरीमा काँग्रेसको करिब १८ हजार क्रियाशिल सदस्य रहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
भारोत्तोलन प्रतियोगिताको आयव्यय सार्वजनिकसँगै सम्मान र शुभकामना आदान प्रदान
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?