जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी

राजविराज राजविराज
|
बिहिबार, मंसिर २१, २०८०
|
|
१९ पटक हेरिएको
Shares
जसपा सप्तरीको संस्थापन र असन्तुष्ट दुबै पक्षका अध्यक्षद्वारा आफू नै आधिकारिक रहेको दाबी

सारांश

  •     एक पक्षको नेतृत्व संस्थापन पक्षका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व असन्तुष्ट पक्षका जिल्ला अध्यक्ष उमेश प्रसाद यादवले गरिरहेका छन् ।
  •       असन्तुष्ट पक्षको भेलाद्वारा गठित उमेश प्रसाद यादव नेतृत्वको समूहद्वारा धमाधम जिल्लाको सबै पालिकामा विभिन्न तहको समितिहरु गठन भइरहेको छ भने संस्थापन पक्षका अध्यक्ष केदार यादवद्वारा पनि कारवाहीसँगै विभिन्न पुरानो कमिटीहरुमा नयाँ नेतृत्व चयन गर्ने काम चलिरहेको छ ।
  •       जसकारण एकातिर स्थानिय नेता कार्यकर्ताहरु दुई खेमा विभाजित भएका छन् भने कुनै खेमामा नलागेका केही नेता कार्यकर्ताहरु भने रमिते बनेका छन् ।

नवीनकुमार गुप्ता
राजविराज, २१ मंसिर । 

    जनता समाजवादी पार्टी नेपाल सप्तरीमा आन्तरिक विवाद चर्किदै गएपछि पार्टीका नेता कार्यकर्ता स्पष्ट रुपमा दुई खेमामा विभाजित भएका छन् । 
    एक पक्षको नेतृत्व संस्थापन पक्षका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व असन्तुष्ट पक्षका जिल्ला अध्यक्ष उमेश प्रसाद यादवले गरिरहेका छन् । 
    असन्तुष्ट पक्षको भेलाद्वारा गठित उमेश प्रसाद यादव नेतृत्वको समूहद्वारा धमाधम जिल्लाको सबै पालिकामा विभिन्न तहको समितिहरु गठन भइरहेको छ भने संस्थापन पक्षका अध्यक्ष केदार यादवद्वारा पनि कारवाहीसँगै विभिन्न पुरानो कमिटीहरुमा नयाँ नेतृत्व चयन गर्ने काम चलिरहेको छ । 
    जसकारण एकातिर स्थानिय नेता कार्यकर्ताहरु दुई खेमा विभाजित भएका छन् भने कुनै खेमामा नलागेका केही नेता कार्यकर्ताहरु भने रमिते बनेका छन् । ती नेताहरुले जसपाको आन्तरिक असन्तुष्टि समाधानका लागि माथिल्लो समितिलाई अग्रसरता देखाउनुपर्ने धारणा राखेका छन् । 
    उमेश प्रसाद यादवको पक्षमा खुलेरै पार्टीका कार्यकारणी सदस्य एवं पूर्वमन्त्री रेणु यादव, राजनीतिक समिति सदस्य एवं प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्र प्रसाद साह, बिनोद चौधरी, केन्द्रिय सदस्यहरु दिपक यादव, जगदेव यादव, शैलेन्द्र मोहन झा, मधेश प्रदेशका पूर्वउपाध्यक्ष शम्भु झा, बालनबिहुल गाउँपालिकाका पूर्वअध्यक्ष दयानन्द गोइत, पूर्वसांसद डा. सूर्यनारायण यादव, समाजवादी यूवा संघका जिल्ला अध्यक्ष शिवम यादव, यूवा नेता निरज मुक्ति, सत्यनारायण यादव, मो. शबिर, निलेश झा, दयानन्द गोइत, भिमराज यादवलगायतका नेताहरुले साथ दिइरहेका छन् । 
    पूर्वमन्त्री रेणु यादवले पार्टी भित्र आन्तरिक प्रजातन्त्र कायम गर्न तथा पार्टीको गिरदो साखलाई जोगाउन आफूहरु बिद्रोहमा उत्रेको बताएकी छिन् । आफूहरुको बिद्रोह नेतृत्वमा देखिएको तानाशाही प्रवृती तथा पार्टीलाई जिवन्तता प्रदान गर्नका लागि भएको उनको भनाई छ । 
    जिल्लादेखी केन्द्रमा नेतृत्व गर्नेहरुले लोकतान्त्रिक विधी त्यागेर मनोमानी र एकलौटी ढंगले हिड्दा पार्टीको जनाधार कमजोर बन्दै गएको तथा कार्यकर्ता र समर्थकमा नैराश्यता बढ्दै गएको उनले बताईन् । पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको औल्याउँदै उनले अब नयाँ ढंगले अघि बढ्ने बताएकी छिन् ।
    यसैबीच चार दिन अघि मात्र असन्तुष्ट पक्षका अध्यक्ष उमेश यादव नेतृत्वको जिल्ला कार्यसमितिले विभागीय प्रमुख, जिल्ला तथा पालिकामा इन्चार्ज तोकिएको छ । 
    युवा विद्यार्थी विभागको प्रमुखको निरज मुक्तीलाई र महिला विभागमा गुलजारी देवी यादव जिम्मेवारी दिएको छ । त्यस्तै शिक्षक तथा बुद्धिजीवि विभाग प्रमुखमा दयानन्द गोइत, प्रचार प्रसार विभाग तथा प्रवक्तामा निलेश कुमार झा, आर्थिक विभागमा सुचिता कुमारी यादवलाई जिम्मेवारी दिइएको छ ।
    यसैगरि पालिका तर्फ हनुमाननगर कंकालिनी नगरपालिकामा उपेन्द्र मंडल, तिरहुत गाउँपालिकामा जय प्रकाश यादव, महदेवा गाउँपालिकामा अभिनव यादव, तिलाठी कोइलाडी गाउँपालिमा सुचिता कुमारी यादव, राजविराज नगरपालिकामा गुलाब यादव, छिन्नमस्ता गाउँपालिकामा ब्रम्हदेव साहलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । 
    यस्तै विष्णुपुर गाउँपालिकामा रामेश्वर यादव, राजगढ़ गाउँपालिकामा संतोष मंडल, डाक्नेश्वरी नगरपालिकामा बिजली यादव, शम्भुनाथ नगरपालिकामा धनराज मंडल, खड्क नगरपालिकामा भोला साह, बोदेबरसाइन नगरपालिकामा घुरन कुमार यादव, बलान विहुल गाउँपालिकामा मुखलाल यादव, रुपनी गाउँपालिकामा विरेन्द्र चौधरी, कंचनरुप नगरपालिकामा निलेश कुमार झा, सप्तकोशी नगरपालिकामा संजय मिश्र, सुरुङ्गा नगरपालिकामा दयानन्द गोइत तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा बिन्देश्वर राउतलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
    संस्थापन पक्षका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले असन्तुष्ट पक्षका कुनै पनि गतिविधीमा नलाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने, “आफूहरुसँग नै जसपा सप्तरीको आधिकारिता रहेको छ, पार्टीको विधान र पद्धती विपरीत भएको असन्तुष्ट पक्षको भेलाबाट स्वघोषित पदाधिकारी अवैधानिक हुन् ।” 
     “जिल्ला समितिमा आफूहरु निर्वाचित भएर आएकोले यसलाई कसैले पनि अनाधिकारीक भन्न मिल्दैन् ।” उनले भने, “पार्टीको विधान, परिपत्र र पद्धती विपरीत भेला गरी गठन गरिएको समिति अवैधानिक हो, पुरानो जिल्ला कार्यसमितिका ४८ मध्ये ४५ जना यतै रहेकाले हाम्रो समिति नै अधिकारिक र वैधानिक होयस् ।“ 
    संस्थापन पक्षमा पार्टीका कार्यकारणी सदस्य एवं राष्ट्रिय सभासदस्य मृगेन्द्र कुमार सिंह यादव, कार्यकारणी सदस्य एवं प्रतिनिधिसभा सदस्य नवलकिशोर साह, कार्यकारणी सदस्य एवं प्रदेशसभा सदस्य मनिष सुमन लगायतका नेताहरु उभिएका छन् । 
    यसैबीच संस्थापन पक्षले भातृसंगठन समाजबादी युवा संघ सप्तरीको बिस्तारीत भेलाबाट केदार प्रसाद यादवको अध्यक्षता मा ३१ सदस्य समाजवादी युवा संघ सप्तरी जिल्ला कार्यसमिति गठन गरेको छ । 
    यता पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा बसेको प्रदेश बैठकले सप्तरीमा केदार प्रसाद यादव र पर्सामा रामनरेश यादव अध्यक्ष रहेकोले पूर्वाग्रही र विधान विपरीत गठित समितिहरुले कार्यकर्तामा भ्रम मात्र छर्ने काम गरेको निर्णय गरेको छ । 
    जसपा मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवद्वारा जारि विज्ञप्तिमा औचित्यहीन, हल्ला फिजाईएका कथित समानान्तर समितिको गतिविधीमा नलाग्न सबै नेता कार्यकर्ताहरु आग्रह गरिएको छ । सोही विज्ञप्तिमा सप्तरी र पर्सा जिल्लामा गुनासो व्यक्त गर्दै आएका नेता कार्यकर्ताहरुको मनोभावना बुझि, विधानको अधिनमा रही पार्टीको काम कर्तवय गर्न र विधमान समस्याहरुको छलफल गर्न मधेश प्रदेश समितिका अध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरिएको उल्लेख छ । 
    दैनिकसँग कुराकानी गर्दै पार्टीका मधेश प्रदेश मुख्य सचिव यादवले भने, “सप्तरी जिल्लामा गुटउपगुटको राजनीति विधान सम्वत नरहेकोले असन्तुष्ट पक्षहरुको गुनासो सुन्न र बुझ्न प्रदेश अध्यक्षको संयोजकत्वमा समिति गठन भइसकेकोले यो समस्या चाडै नै समाधान हुनेछ ।”

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग 
डिपिआर अनुसार बसपार्क निर्माण गर्न माँग 
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन
मधेश कृषि विश्वविद्यालयमा स्नातक कक्षा संचालन
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
कोशीमा पानीको बहाव बढ्यो
कोशीमा पानीको बहाव बढ्यो
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति