दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीको तिरहुत गाउँपालिकामा शुक्रबार दिउँसो आगलागि हुँदा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सो गाउँपालिका वडा नं. ४ डिमन टोल निवासी गुगली भनिने हरेराम यादवको गाईगोठ छेउमा राखेको खरानीको डिस्कोबाट सल्केको आगोले छिमेकी तेज नारायण यादव र ओम नारायण यादवको घर समेत जल्दा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगोमा हरेराम यादवको गाईगोठ भित्र रहेका एक बाख्रा, २ खसी, दुई भैंसीको पारी जलेर मरेको रतथा एउटा भैंसी आगोले जलेर घाइते हुँदा एक लाख ५० बराबरको क्षति भएको छ ।
त्यस्तै छिमेकी तेज नारायण यादवको जस्ताको छानो भएको घरमा आगलागि हुँदा खाद्यान्न, फर्निचर, मोबाइल, टिभि, गरगहना तथा अन्य सामानहरु जलेर नष्ट हुँदा चार लाख मुल्य बराबरको तथा ओमनारायण यादवको घरमा रहेको ५४ हजार नगद, खाद्यान्न, भाडावर्तन, लुगाफाटा, फर्निचर लगायत आगोमा जलेर नष्ट हुँदा चार लाख मुल्य बराबरको क्षति भएको छ ।
झण्डै दुई घण्टाको प्रयास पछि कंचनरुप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
सारांश
- सो गाउँपालिका वडा नं.
- ४ डिमन टोल निवासी गुगली भनिने हरेराम यादवको गाईगोठ छेउमा राखेको खरानीको डिस्कोबाट सल्केको आगोले छिमेकी तेज नारायण यादव र ओम नारायण यादवको घर समेत जल्दा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगोमा हरेराम यादवको गाईगोठ भित्र रहेका एक बाख्रा, २ खसी, दुई भैंसीको पारी जलेर मरेको रतथा एउटा भैंसी आगोले जलेर घाइते हुँदा एक लाख ५० बराबरको क्षति भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया