दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
सप्तरीमा एक सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण मुख्यालय सप्तरी अन्तर्गत जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत बारा जिल्लाको पचरौटा नगरपालिका वडा नं. ८ घर भएका ३८ वर्षीय सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको हो ।
बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित फोब (एफओबी) बोदेबर्साइनमा कार्यरत रहेका यादव आईतबार बिहान ट्वाइलेट जाने क्रममा अचानक ब्यारेकको प्यासेजमा लडेर अचेत अवस्थामा भेटिएका थिए ।
उनलाई तत्काल उपचारका लागि स्थानीय जीवन ज्योति अस्पताल बोदेबर्साइन लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो । अस्पताल पु¥याएपछि चिकित्सकले ईसीजी परीक्षण गर्दा मृत घोषणा गरेको सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
सारांश
- सशस्त्र प्रहरी बल नेपाल नं.
- ६ गण मुख्यालय सप्तरी अन्तर्गत जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत बारा जिल्लाको पचरौटा नगरपालिका वडा नं.
- ८ घर भएका ३८ वर्षीय सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया