दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित दशगजा क्षेत्रमा बुधबार बिहान एक पुरुषको शव फेला परेको छ ।
पहाडी मूलका देखिने अन्दाजी ४०÷४५ वर्षिय पुरुषको शव शंकास्पद अवस्थामा फेला परेको तथा पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बिहान शौचका लागि गएका केही स्थानियले तिलाठीस्थित राजविराज भन्सार कार्यालय, रम्पुरा मल्हनिया र सीमावर्ती भारतीय बजार कुनौलीदेखी ५ सय मिटरको मात्र दुरीमा रहेका दशगजा क्षेत्रमा भुईमा घोप्टो परेको तथा अर्धनग्न अवस्थामा यूवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शरीरमा बाहिरी चोटपटकको डाम नदेखिएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बास्तविक कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
शव पोष्टमार्टमाका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
मृतकको पहिचानका लागि हुलिया विवरणसहित अन्य प्रहरी निकायहरुमा पठाइएको र सनाखतको प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ ।
दशगजामा वेवारिसे अवस्थामा पुरुषको शव फेला
सारांश
- पहाडी मूलका देखिने अन्दाजी ४०÷४५ वर्षिय पुरुषको शव शंकास्पद अवस्थामा फेला परेको तथा पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- बिहान शौचका लागि गएका केही स्थानियले तिलाठीस्थित राजविराज भन्सार कार्यालय, रम्पुरा मल्हनिया र सीमावर्ती भारतीय बजार कुनौलीदेखी ५ सय मिटरको मात्र दुरीमा रहेका दशगजा क्षेत्रमा भुईमा घोप्टो परेको तथा अर्धनग्न अवस्थामा यूवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
- शरीरमा बाहिरी चोटपटकको डाम नदेखिएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बास्तविक कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया