दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 

सारांश

  •     वैवाहिक जीवन खुशीसँग बिताउनका लागि हरेक मानिसको सपना रहन्छ ।
  • तर, त्यस्ता सपनालाई बाधकको रुपमा पुर्याउनका लागि दाइजो प्रथाले घरेलु हिंसा, महिला हिंसा, बहुविवाह जस्ता नाकारात्मक अपराध हुने गरी कार्यहरुलाई सिर्जित गर्छ ।
  • शिक्षाको चेतना अहिले गाउँ गाउँमा फैलिरहेको अवस्थामा छोरीलाई पनि शिक्षा दिने गरेको अवस्थामा छोरीहरुपनि शिक्षा हासिल गरी आफ्नो परिवार जहानलाई लालन पोषण गर्न सक्ने सक्षम भइरहेका अवस्थामा केही शिक्षित परिवारहरुले बिना दाइजोको बिहे गर्ने गरेको उदाहरणहरु साम्रो समाजमा पर्याप्त रुपमा देखा परिरहेका छन् ।

अमरनाथ मण्डल
    मानव जीवनको महत्वपूर्ण क्षण तथा महत्वपूर्ण सन्दर्भको रुपमा वैवाहिक क्षणलाई मानिन्छ । मानव जीवन र सभ्यता संस्कृतिको परिधिभित्र अह्म भूमिका र सन्दर्भ रहेको वैवाहिक परम्परामा केही विकृतिहरुको कारणले गर्दा समाजमा विभिन्न किसिमका नाकारात्मक सन्देश बोकेका परिणामहरु हाम्रो सामु आउँछ । मानव जीवनको सन्दर्भमा दुई परिवारको बीच आपसी समझदारी, मनमस्तिष्क भावना र सप्रेमको अनुपम मिलन बिन्दुको रुपमा विवाहलाई लिइन्छ । दुई आत्माको बीच, दुई परिवारको बीच हर्षोउल्लास र सोहार्दपूर्ण वातावरणको अनुपम अनुभवको साथ विताउँने क्षणलाई वैवाहिक क्षणलाई मानिसले सधै स्मरण गर्दछ ।  
    तर, हाम्रो समाजमा चलिरहेका विकृतिको नाउँमा रुढिवादीवादी परम्परालाई सर्वोच्चताका साथ नाकारात्मक सन्देशहरुलाई आत्मसाथ गर्न अहिले मानव जाति दाइजो प्रथा जस्तो कुप्रथालाई आत्मसाथ गरिरहेका छन् । जसको परिणामले परिवारिक सम्बन्ध र वैवाहिक सम्बन्धमा पछि गएर ठुलो असर पर्ने गरेको कुराहरु, कुरीतिहरु हाम्रो सामु कतिपय घटना र परिघटनाले देखाइसकेका छन् । दाइजो कुप्रथामा छोरालाई छोरीको बुवा मार्फत लेनदेनको दरभाउ गरी छोरालाई बेच्ने आधारहरुको सन्दर्भमा अहिले दाइजो प्रथाको परम्परा आकाशे रुपमा दिनप्रतिदिन बढिरहेकोले छोरी पट्टिको आमाबुवाले आर्थिक, परिवारिक र सामाजिक कठिनाईहरु भोग्न बाध्य बन्छ । आर्थिक मारमा परेका छोरीको बुवा आमाले भएभरको जग्गा तथा अचल सम्पतिहरु बेचविखन गरी छोरीलाई बिहे गर्न दाइजोको व्यवस्था मिलाउँछ । कतिपय अभिभावकहरुले जीवनभरीको कमाएका सम्पतिहरु छोरलाई विहे गर्नमा दाईजो दिनेमा खर्च गर्छ । कतिपयले चर्को ब्याजमा साहु महाजनसँग ऋण लिई दाईजो दिने गरेको छ । तर दाइजोको यो महा रोग कारणले गर्दा वैवाहिक जीवनमा ठुलो असर पर्छ ।
    वैवाहिक जीवन खुशीसँग बिताउनका लागि हरेक मानिसको सपना रहन्छ । तर, त्यस्ता सपनालाई बाधकको रुपमा पुर्याउनका लागि दाइजो प्रथाले घरेलु हिंसा, महिला हिंसा, बहुविवाह जस्ता नाकारात्मक अपराध हुने गरी कार्यहरुलाई सिर्जित गर्छ । शिक्षाको चेतना अहिले गाउँ गाउँमा फैलिरहेको अवस्थामा छोरीलाई पनि शिक्षा दिने गरेको अवस्थामा छोरीहरुपनि शिक्षा हासिल गरी आफ्नो परिवार जहानलाई लालन पोषण गर्न सक्ने सक्षम भइरहेका अवस्थामा केही शिक्षित परिवारहरुले बिना दाइजोको बिहे गर्ने गरेको उदाहरणहरु साम्रो समाजमा पर्याप्त रुपमा देखा परिरहेका छन् । छोरा इन्जिनियर, डाँक्टर बनेको तथा जागिरे रहेकोले दाईजोको मुल बढि हुने गरेको कु मानसिक्ताले ग्रसित अवसरवादीहरुको कारणले गर्दा अहिले पनि दाईजो प्रथाको विकराल रुप हाम्रो समाजमा देखा परिरहेका छन् ।
    सामाजिक अपराधको रुपमा रहेको दाइजो प्रथालाई सरकारले कानूनी अपराधको रुपमा पनि कानूनमा दण्डको व्यवस्था गरिएको छ । तर सामाजिक परिवेशको अनेकौ कारणलले गर्दा दण्डको भागेदार बनेकाहरु कानूनी दण्डबाट उम्कन सफल भइरहेको छ ।  नेपालको तराई क्षेत्रमा दाइजो कुप्रथाको प्रकोप बढि देखिएको अवस्थामा यस प्रथाको सँगै बहुविवाह, बालविवाह, घरेलु हिंसा, परिवारिक हिंसा, सम्बन्ध विछोड जस्ता अपराधिक क्रियाकलापहरुको अवस्थामा ठुलो फड्को मारिरहेकोले अहिले सम्मानित अदालतहरुमा अधिकांश वहुविवाह तथा घरेलु हिंसाको मुद्दाहरु दायर भएको देखिन्छ । 
    आडम्बर रुपमा भोजभतेर, खानपिन, जयन्ती ठुलो संख्यामा ल्याउने जस्ता आर्थिक क्षति पुग्ने कार्यहरुले गर्दा वैवाहिक परम्परालाई खलबल्याउने अवस्थाको सिर्जना हुन्छ । जसले गर्दा छोरी पट्टिको आमा–बुबाको भएभरको सम्पति तथा जीवन भरी कमाएका सम्पतिमा आर्थिक क्षति हुने गरेको अहिले स्पष्ट देखिन्छ । त्यसैकारण दाइजो कुप्रथालाई न्यूनिकरणको लागि तथा अन्त्य गर्नकोलागि सामाजिक स्तरबाट सामाजिक व्यवहारहरुमा परिवर्तनको ठुलो अभाष हुनु पर्ने देखिन्छ । त्यस्तै अहिले शिक्षाको स्तर दिनप्रतिदिन बढिरहेको अवस्थामा शिक्षित परिवारहरुबाट यस्ता कुरीतिहरुलाई निरुत्साहितको लागि आफुबाट नै दाइजो बिनाको वैवाहिक परम्परालाई सुरुवात गरी उदाहरणीय कार्यहरुमा वृद्धि हुनुपर्ने अवस्थामा मात्र यस्ता कुरीतिहरुको अन्त्य हुने छ । अर्कोतिर प्रशासनिय पक्षबाट पनि दाइजो लिएको दिएको कुनै प्रकारको उजुरीहरु पर्यो भने त्यसमाथि ठाडै प्रतिक्रिया स्वरुप कार्वाही अगाडि बढाउनुपर्छ ।
    धार्मिक तथा हाम्रा इतिहासिक धरोहरहरुले देखाएका वैवाहिक परम्परालाई मानव जीवनमा आत्मसाथ गरी आफु र आफ्नो परिवार, समाजको व्यवहारमा एउटा अनुपम अनुभवहरुको अवस्था सिर्जना गरी परिवर्तनको लागि पहल हुनुपर्ने देखिन्छ । महापुरुष भगवान रामचन्द्रले सितासँग वैवाहिक सम्बन्ध तथा भगवान कृष्णले रुक्मिणीसँग गरेको वैवाहिक सम्बन्ध जस्ताको परम्परालाई यो धरातलमा महापुरुषहरुले देखाएर गएका मार्गदिशाहरुको निर्देश गर्नुपर्ने अवस्थामा आफ्ैले बनाएका आफ्नो  निजी स्वार्थकोलागि बनाएका कुप्रथाहरुले आफैलाई नै समाप्त गर्ने माध्यम रहेकोले अहिलेको अवस्थामा विश्व र संसार शिक्षाको ज्योतिहरुबाट दिनप्रतिदिन समाज परिवर्तनको नयाँ अनुभूतिहरु दिने गरेको अवस्थामा हामी र हाम्रो समाज यस्ता कुरीतिहरुबाट किन टाढा भइरहेको छैन भने आश्चर्यहरु हाम्रो सामु हरेका छन् । यस्ता कुरीतिहरुको अन्त्यका लागि सामाजिक स्तरबाट परिवारिक स्तरबाट, बुद्धिजीवि क्षेत्रबाट तथा सरकारी–गैरसरकारी, संघ–संस्थाहरुबाट चेतना फैलाई तथा खबरदारी गरी यस्ता विकराल कुरीतिहरुलाई विसर्जनको लागि आवश्यक पहलको आवश्यकता देखिन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता भगवतीको मुकुट चोरी
छिन्नमस्ता भगवतीको मुकुट चोरी
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
प्रशासनले दाउरा बाल्ने प्रबन्ध मिलाउँदै
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
निवर्तमान मेयर पुरानै पार्टीमै फर्किए उनीसँगै चारसय जना लोसपामा प्रवेश
नगद ७ लाखसहित टहरा जलेर नष्ट
नगद ७ लाखसहित टहरा जलेर नष्ट
आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान